धरान: धरानका गायक विजय वाम्वुले राईको पहिलो पटक एकल सांगीतिक साझ हुने भएको छ ।

फागुन २ गते (फेव्रूअरी १४) भ्यालेन्टाइन डेको अवसरमा विजय वाम्वुले एकल साझ हुन लागेको हो। धरान १५ वगरकोटस्थित विजिएन लाउन्ज एण्ड बारमा वाम्बुलेको लाइभ प्रस्तुती हुनेछ । धरान ११ निवासी गायक वाम्वुले लोक आधुनिक गीतमा परिचित छन् । उनले हालसम्म ४० वटा लोक आधुनिक गीतमा स्वर दिइसकेका छन् भने करिब एक सय वटा गीत कम्पोज गरिसकेका छन् । यस्तै, उनले दर्जन भन्दा बढी म्युजिक भिडियो तयार गरि सकेका छन् । 

गायक वाम्वुलेको स्वर रहेको किराती हामी र वगरकेटैमा गीत निकै चर्चित छ । उनकै संगीतमा मेलिना राईले गाएको तिम्रै लाग्छ माया, मिलन नेवारले गाएको यो मनको प्यारो मान्छे र इन्डियन आइडलमा अहिले चर्चित भइरहेकी गायिका मेनुका पौडेलले स्वर दिएको हाम्रो हुन्न कहिले मिलन गीत पनि चर्चित छ । उनकै स्वर रहेको किराती हामी गीत युट्युव च्यानलमा एक लाख भन्दा माथिले हेरिसकेका छन् ।

प्रेमिल जोडिहरुको विशेष दिनको रुपमा मानिने भ्यालेन्टाइन डेको अवसरमा आयोजित एकल साझमा वाम्वुलेले आफुले गाएका तथा संगीत भरेका गीतसंगै एक दर्जन बढी युगल कभर गीत गाएर दर्शकलाई मनोरंजन दिनेछन् । युगल गीतमा उनलाई गायिका ज्योति सुनुवारले साथ दिनेछन् । तिन सय जनाको हल क्षमता भएको लाउन्जमा साझ ६ वजे देखि कार्यक्रम सुरु हुने बताइएको छ।