धरान: संखुवासभा आइडल सिजन ३ का टप १३ प्रतियोगीहरुको कन्सर्ट राउण्ड शुक्रबार धरानमा हुदैछ । 

आयोजक अरुण भेल्ली इभेन्ट म्यानेजमेन्ट प्रालि संखुवासभा र व्यवस्थापन संयोजन धरान संखुवासभा सरोकार समाजले बिहिबार होटल हङकङमा पत्रकार सम्मेलन गर्दै कन्सर्ट राउण्डबारे जानकारी दिएको हो । उक्त कन्सर्ट राउण्डलाई साइनो साँझ नाम दिइएको छ । 

धरान(१५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा हुने साँझमा सङ्खुवासभा आइडलका उत्कृष्ट १३ जनाले प्रस्तुती दिने कार्यक्रम संयोजक वीरबहादुर लिम्बुले जानकारी दिए । प्रतियोगीले २(२ वटा गीत प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार कन्सर्टको टिकट दर फेमेली १ हजार, व्यक्तिगत ५ सय र १ सय रुपैयाँ राखिएको छ । 

कन्सर्ट राउण्डमा प्रस्तुती दिएका मध्येबाट पनि उत्कृष्ट ५ जना छनौट हुनेछन् । ग्राण्ड फिनाले भने संखुवासभाको खादबारीमा नै आयोजना गरिने पनि उनले बताए । कोशी प्रदेश स्तरिय सखुवासभा आइडल सिजन ३ गत भदौदेखि शुरु भएको थियो । आइडलको समयअवधिभर २९ वटा कन्सर्ट आयोजना हुने र हालसम्म २४ वटा कन्सर्ट  सकिएको पनि आयोजकले जनाएको छ । 

प्रतियोगिताको टप ५ प्रतियोगीले एक एक वटा गीत रेडर्क गर्ने अवसर पनि पाउने आयोजकको भनाई छ । आयोजकका अनुसार टप २० देखि भोटिङ राउण्ड सुरु भएको थियो । दश १० प्रतियोगी छनौट भएपछि ३ जनालाई वाइल्ड कार्डमार्फत प्रवेश पाएको सहसंयोजक मनिष श्रेष्ठले बताए ।