धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । 

नेपाल तामाङ घेदुङ धरान नगर समितिले बिहिबार पत्रकार सम्मेलन गरेर माघ २७ गतेदेखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो । सोनाम ल्होसार बृहत् सास्कृतिक पर्यटन महोत्सव धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा हुने घेदुङ धरानका अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए ।

महोत्सव उद्घाटनमा धरानका तामाङ जातिहरु जातिय पोशाकमा सजिएर ड्म्फु बजाउदै र्‍याली पनि हुनेछ । महोत्सवमा तामाङ जातिको पहिचान, सँस्कार, सस्कृति तथा चाडलाई बृहतरुपमा मनाउन आयोजना गरिएको अध्यक्ष तामाङको भनाई छ । महोत्सवमा ८० वटा स्टलहरु रहेनछ । जसमा तामाङ जातिको सँस्कार, सँस्कृति झल्किने मौलिक खानेकुरा स्टल रहनुका साथै  स्थानियरुपमा उत्पादन भएका बस्तुहरुलाई विशेष महत्व दिईने महोत्सव संयोजक दिपक घिसिङले जानकारी दिए । महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन समेत हुनेछ । 

यस्तै, महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस हुनेछ भने तामाङ जातीको ड्म्फु नाच पनि हुनेछ । हरेक दिन धरानका स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साथ कन्सर्ट पनि हुने आयोजकले जनाएको छ ।'

भिडियो: