धरान: अघिल्लो दिन झापा गोल्डकपको उपाधि जितेर आएको एपि पावर चर्च ब्वाईज युनाइटेड मंगलबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा भने पहिलो खेलमै पराजित भएको छ । 

धरान १६ स्थित रंगशालामा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग चर्च ब्वाइज १–० ले पराजित भएको हो । खेलमा पहलिो हाफको ४४ औं मिनेटमा काकडभिट्टाका आशिष चापागाईले एक मात्र निर्णायक गोल गरेका थिए । झापा गोल्डकपको फाइनल खेलेर आएको चर्च ब्वाइजले मंगलबार पहिलो रोजाइका खेलाडीहरुलाई बेञ्चमा राखेको थियो । खेलाडीहरु खेल्न नसक्ने अवस्थामा दोस्रो रोजाइका खेलाडीहरुलाई चर्च ब्वाइजले मैदानमा उतारेको फाइदा लिदै काकडभिट्टाले पहिलो हाफमै गोल गरेर अग्रता लियो । दोस्रो हाफमा चर्च ब्वाइजले खेलमा फर्कने प्रयास गर्दै थुप्रै आक्रमण गरेपछि गोल गर्न भने सकेन । 

खेलको म्यान अफ दि म्याच काकडभिट्टाका विशाल घलान घोषित भए । उनले नगद १० हजार, ट्रफी र टिसर्ट पुरस्कार पाएका छन् । काकडभिट्टा बुढासुब्बा गोल्डकपको गत बर्षको उपविजेता टोली हो । काकडभिट्टाले बिहिबार एनआरटि काठमाण्डौंसँग सेमीफाइनल खेल्नेछ ।प्रतियोगितामा भोली (बुधबार) पहिलो सेमीफाइनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल संघबीच हुनेछ । church vs kakadvitta4

church vs kakadvitta5

church vs kakadvitta9

church vs kakadvitta8

church vs kakadvitta7

church vs kakadvitta6 1

church vs kakadvitta 10