धरान: युवा पुस्ता माझ लोकप्रिय ब्याण्ड द एजले धरानमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ । 

धरान १६ स्थित रंगशालाको तल्लो मैदानमा यही चैत २४ गते शनिबार 'प्रजापति संगीत समारोह-द एज लाइभ इन धरान' कार्यक्रममा द एज ब्याण्ड आउने भएको हो । सम्झिने मुटु.., थाहा छैन.., नचाहेको हैन.., तिम्रो याद.., मेरो आँशु.. लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय छ । करिब २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन्।

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ। कार्यक्रमलाई भब्य र सभ्य  बनाउन स्टेज, साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहने र साउण्ड/लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताए। सांगीतिक कार्यक्रम बांझगरा एकता युवा क्लब, धरान-१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको हो। 

prajapati 1