धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता प्रक्रिया अघि बढेपछि मेयर हर्कराज राईले अख्तियारलाई छानबिन गरि दोषीलाई कारबाही गर्न पत्राचार गरेका छन् । 

मेयर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र इटहरीस्थित क्षेत्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेका छन् । उनले नेपाल सरकार गृहमन्त्रालयले बैशाख ७ गते अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता गराउने भनि पत्राचार भएको पनि उल्लेख गर्दै गम्भीरतापुर्वक सत्यतथ्य छानबिन गरी दोषी ठहरेसम्म कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढाउन अख्तियारलाई अनुरोध गरेका छन् ।

नापीको फिल्डबुकमा लालबहादुर मात्र उल्लेख भएको साविक बाँझगारा ३ कित्ता नम्बर १२५ को ७ कट्टा ११ धुर जग्गा बषौंदेखि धरान १४ स्थित नरसिंह मन्दिरले भक्तबहादुर मगरलाई कमाउन दिएको छ । मगरले उक्त जग्गा कमाए वापतको बार्षिक ५ हजार रुपैया मन्दिरका पुजारीलाई दिने गरेका छन् । अहिले भने धरान ४ का लालबहादुर मगरले आफ्नो भएको दाबी गर्दै छुट जग्गा दर्ताको लागि मालपोतमा निवेदन दिएका छन् भने धरान ८ की लक्ष्मी मगरले पनि निवेदन दिएका छन् । यस्तै, मन्दिर पक्षले पनि मन्दिरको जग्गा दाबी गर्दै निवेदन दिएको छ । 

भिडियो::

भिडियो::