धरान: जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ को विषयमा शुक्रबार धरानमा बिमर्श भएको छ ।

मनि गोठालेको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासको पृष्ठभूमि र पात्रको बारेमा चर्चा गरिएको थियो । लेखक दर्लामीका अनुसार माओवादी जनयुद्धको सेरोफेरोमा लेखिएको उपन्यास रोल्पाको पात्रसङ्ग जोडिएको छ । लेखक दर्लामीले भने–‘रोल्पाको पनि खाम भाषी मगरको कथा उपन्यासमा जोडिएको छ । उपन्यासमा रोल्पाली लवजलाई ध्यान दिइएको छ ।’ 

धरान–१३ को वडा जेष्ठ नागरिक हलमा भएको सो कार्यक्रममा इन्दु योञ्जन, दिलिप चाम्लिङ, हिक्मत खड्का, परिक्रमा श्रेष्ठले रचना वाचन गरेका थिए । कार्यक्रम धरान –१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको प्रमुख अतिथिमा भएको थियो ।

marikhola1