धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सुनचाँदी कला व्यवसायी संघका व्यवसायीहरुलाई लक्षित गरि कर तथा लेखा सम्बन्धी आधारभुत शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

प्रशिक्षण कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको आफनै भवनमा बिहिबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमका प्रशिक्षक बि.एन एसोसियटका प्रोराईटर तथा चार्टर एकाउण्टेन्ट पंकज आचार्यको प्रस्तुति रहेको थियो । 

कार्यक्रममा ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । उनले कर तथा लेखा सम्बन्धि ज्ञानको अभावलले कति व्यापारी, व्यवसायीहरु राजश्व कार्यालयद्धारा  जरिवाना भोगिरहेको बताएका थिए । सोही समस्यालाई समाधान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले बताए । 

bijay sth

सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध भएका अन्य वस्तुगत संघहरुलाई निरन्तर प्रशिक्षित गर्दै लाने पनि अध्यक्ष श्रेष्ठको भनाई थियो । साथै, आफैले हिसाब किताब राख्न नसक्ने र अडिटरको सहयोग पनि लिन नसक्ने व्यापारी,व्यवसायीहरुका लागि संघको कार्यालयमा कर र लेखा सम्बन्धि जानकारी दिने उद्धेश्यले हेल्प डेक्स पनि राखेको उनले बताए ।