धरान: मेयर हर्क साम्पाङको कार्यकक्षबाट सञ्चारकर्मी सञ्जिता धमलालाई प्रहरीले लछारपछार गर्दै बाहिर निकालिएको घटनाप्रति धरानका विभिन्न राजनीतिक दलहरुले विरोध जनाएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मेयर साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले लछारपछार गर्दै दुव्र्यवहार गरी अपमानपुर्ण ढंगले पक्राउको प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

‘एउटा निहत्था महिलामाथि धरानको जनताको मतद्धारा निवार्चित नगर प्रमुखले आफ्नै कार्यकक्षमा बोलाएर गरेको यस्तो निन्दनिय र अमानविय चरित्र देखाई गरेको अभद्र व्यवहारले आम धराने जनताको इज्जत प्रतिष्ठामाथि आँच पुर्याएको छ, जसका कारण हामी धरानबासीहरुको शिर निहुरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

आफ्नो मतद्धारा निवार्चित प्रतिनिधिलाई आफ्नो कुरा राख्न पाउने हरेक नागरिकको अधिकार भएपनि हर्क साम्पाङ नगर प्रमुखमा निवार्चित भएदेखि नै नागरिकहरुको आवाज बन्देज गर्ने प्रयास पटकपटक भइरहेको पनि विज्ञप्तीमा उल्लेख छ । दलहरुले कार्यकक्षमा यसप्रकारको अभद्र तथा दुव्यर्वहारजन्य घटना नदोहोर्याउन आग्रह गर्दै प्रमुखको कार्यालय जनमैत्री बनाउन साथै घटनामा संलग्न दोषीलाई कार्वाहीको लागि पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । 

sanjita lafada1