धरान: लागुऔष नियन्त्रण गर्ने बिशेष अभियान अन्तर्गत ईलाम जिल्लामा दुव्यर्सन विरुद्ध आमा ३ महिने कार्यक्रम ईलाममा शूरु भएको छ । 

जिल्ला प्रशासन कार्यलयको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा उकत कार्यक्रमको सोमबार औपचारिक उद्घाटन भएको थियो । ईलाममा रहेका आमा समुहलाई घर, चोक, टोलहरुमा परिचालित गरि लागूऔषध विरुद्ध जनचेतनामूलक, दबाबमुलक कार्यक्रमहरु उद्देश्य रहेको जिल्ला प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । “बालबालिकासँग प्रत्यक्षरुपमा आमाहरु नजिक हुन्छन् र आमाहरुलाई नै परिचालित गर्न सके यो कार्यक्रम प्रभावकरी हुन्छ,” एसपी ढकालले भने ।

 ईलाममा लागूऔषध प्रयोगकर्ताको भयावह अवस्था नभए पनि भविष्यको जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणको लागि अभियानहरु संचालन गरेको एसपी ढकालले बताए । अभियानमा अन्य सरोकारवाला निकायलाई पनि आह्वान गर्दै उनले भने “ईलाममा भएका आमा समुह, वडा, पालिका, विद्यार्थी, शिक्षक लगायत सबैले साथ सहयोग दिएमा लागुऔषध नियन्त्रण गर्न सक्छौं ।” 

ilam2 copy


लागुऔषध नियन्त्रणका लागि सिमा नाकाहरुमा चेकजाँच कडाई गर्ने पनि उनले बताए । “प्रहरी साथै सशस्त्र प्रहरीहरुले लागुऔषध नियन्त्रणका लागि सिमा नाकाहरुमा चेकजाँजलाई तिव्र र कडा गरिनेछ । साथै भारतबाट हुने लागूऔषघ औसारपसार रोक्न सम्बन्धित निकायसँग  समन्वय र पहल गर्नेछौ,” ढकालले भने ।

नेपालमा लागुऔषध दुव्यर्सनमा फसेका युवाहरुको संख्या करिब १ लाख ३० हजार रहेको तथ्यांक छ । ईलाम नगरपालिका प्रमुख केदार थापाले लागुऔषध शहर हुदै गाउँतिर पनि बढीरहेको रोक्ने दायित्व सबैको भएको बताए । मेयर थापाले भने, “अहिले गाजा, चरेश प्रयोगकर्ताहरु गाउँमा बढ्दै गरेको छ ।” यसबाट हुने जोखिम न्युनिकरण गर्नलाई उनले सबैलाई आह्वान पनि गरे । 

नगरपालिका मातहतका १२ वटा वडाहरु, आमा समुह र विद्यालयहरुमा चेतनामूलक कार्यक्रमहरु प्रहरीको सयहोगमा संचालन गर्ने  प्रतिबद्धता पनि मेयर थापाले जनाए । नगरपालिकको अगामि वार्षिक योजनामा हरेक विद्यालयमा मनोपरामर्श सेवा दिने र यसबाट जोगिने उपयाहरु सिकाउने योजना पनि रहेको उनले बताए । 

ilam3 copy

जिल्ला प्रशासन कार्यालय ईलामका प्रजिअ कल्पना श्रेष्ठले युवाहरु भविष्यका कर्णधार भएको भन्दै एक्लो युवा मात्र नबिग्रिएर परिवारको सुखशान्ति पनि बिगार्ने बताइन् । साथै, समाजमा अपराधिक गतिविधि बढ्ने र राष्ट्रले योग्य नागरिक गुमाउने भएकोले कोही पनि लागुऔषध दुव्यर्सनमा नफस्न उनले आग्रह गरिन् । बालबालिका तथा युवा राष्ट्रिका मानव पुँजी हुन् भन्दै प्रजिअ श्रेष्ठले उनीहरुलाई जोगाउन प्रशासन, प्रहरी र स्थानीय तहले मात्रैले पहल गरेर नहुने भएकोले सबै पक्षबाट साथ सहयोग हुनुपर्नेमा जोडदिईन । युवा विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै भनिन “अबको १० वर्ष पछि भुमिका परिवर्तन हुन्छ, अगाडि बसेका भाईबहिनीहरु म उभिएको ठाउँमा उभिएर ईलाममा लागुऔषध प्रयोगकर्ता छैन भनेर भन्दा हामीलाई कति आन्नद आउछ होला ।” 

आसरा सुधार केन्द्रका उपाध्यक्ष शिला बज्रचार्यले धरानमा रहेको आसारा सुधार केन्द्रको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेकी थिइन् । “दुव्यर्सनमा फसेका युवाहरुलाई प्रहरीले पक्राउ गरेर सजाय दिएर मात्र हुदैन, उनीहरुलाई सुधार्न पनि पर्छ भन्ने उदेश्यले हामीले आसारा सुधार केन्द्रको स्थापना गरेको हो,”शाक्यले भनिन् ।  

ilam1 copy

ईलाम नगरपालिकाको सभाहलमा सयौको संख्यामा विद्यार्थी, प्रहरी, सस्त्रप्रहरी, सेना साथै विभिन्न संघसंस्थाहरुको उपस्थितमा लागू पदार्थ दुरुपयोग सम्बन्धी अभिमूखीकरण विषयक प्रस्तुति आसरा सुधार केन्द्रका सहजकर्ता टिकाराम सिग्देलले दिएका  थिए । लागूऔषध प्रयोगकर्ताहरु विभिन्न कारणले दुव्यर्सनमा फस्ने गरेको प्रस्तुती दिदै उनले ४५ प्रतिशत साथीभाईहरुको सगतले, १३ प्रतिशतले कस्तो हुन्छ, के हुन्छ भन्ने उत्सुक्ताले शुरु गर्ने उल्लेख गरे । पारिवारिक वातावरण झैझगडाले ८ प्रतिशत लागुऔषधमा लाग्छन् भने २ प्रतिशत पढाई बिग्रिएको कारणले लागुुऔषत प्रयोग गर्न पुग्ने गरेको तथ्यांक छ ।

“यदि उनीहरु परिवार र समुदायको रमाईलो गतिविधीमा सलग्न हुन छोडेमा, एकान्तम बस्न मनपराउन थालेमा, साथीहरु निरन्तर परिवर्तन गरि राखेमा, झर्किने झगडा गर्ने र घरको समान हराउन थालेमा तपाईहरुले बुझनुहोस, उनीहरुलाई लागुऔषधबाट जोगान पहिलो परिवारको भुमिका हुन्छ यो एक विरामी हो र यसको उपचार गर्नुपर्छ भन्ने भावना राखि मनोपरामर्श, माया र सहि उपचार समयमा दिनुपर्छ,” उनले भने । 

भिडियो: