धरान: खानेपानी महशुल वृद्धिविरुद्ध ७२ घण्टे अल्टिमेटम पुरा भएपछि १० राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले मागलाई वेवास्ता गरेको भन्दै १० राजनीतिक दलहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । दलहरुले खानेपानीको महशुल पुरानै दर कायम गर्नुपर्ने माग गर्दै आएका छन् । 

आन्दोलनको कार्यक्रमहरुमा साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग अन्र्तक्रिया गर्ने रहेको छ । यस्तै, साउन १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम गर्ने दलहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

10 parties