धरान: साउन महिनाको अन्तिम सोमबार आज पनि पिण्डेश्वर बाबाधाममा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । 

अन्तिम सोमबार भएकोले जल चढाउन आइतबार रातीदेखि नै मन्दिरमा भक्तजनहरुको घुँइचो थियो । भक्तजनहरुले घण्टौ लाइनमा उभिएर पनि पिण्डेश्वर महादेवलाई जल चढाइरहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु जल चढाउन पिण्डेश्वर बाबाधाममा आएका छन् ।

विभिन्न संघसंस्थाहरुले भक्तजनहरुलाई निःशुल्क पानी, फलफुल तथा खाजा पनि वितरण गरिरहेका छन् । स्वास्थ्य परीक्षणको व्यवस्था पनि गरिएको छ । संघसंस्थाहरुले फोहोर संकलन पनि गरिरहेका छन् । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार भक्तजनहरुको अत्यधिक भिड छ ।

भिडियो:

बेलुकी ५ बजेसम्म नै जल चढाउन भक्तजनहरुको लाइन हुनसक्ने उनले बताए । ‘जल चढाउने लाइन ५ बजेसम्म नै हुन्छ जस्तो छ । आज ५० हजार बढी भक्तजनहरुले जल चढाउछन् भन्ने अनुमान गरेका छौं, जल नचढाई फर्कनेहरु पनि उतिकै छन्,’उनले भने,‘चार सोमबार, शनिबार र अन्य दिनहरुमा पनि गरेर अढाई लाख बढी भक्तजनहरुले यसपाली आइसकेका छन् ।’

bolbam1 copy

bolbam6 copy

bolbam2 copy

bolbam4 copy

bolbam3 copy

bolbam8 copy

bolbam7 copy

bolbam5 copy

bolbam9 copy