धरान: स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासको आयोजना तथा पेन्सन वितरण कार्यालय धरानको संलग्नतामा शनिबार साँझ विराटनगरमा नृत्याञ्जली कार्यक्रम सम्पन्न भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा विरानगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई, प्रदेश सांसद यशोदा कायस्थ, पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियासहित नेपाल प्रहरी, नेपाली सेना, नेपाल भारत मैत्रीसंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

dance

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मुख्यमन्त्री कार्कीले भारतीय दुतावास र कलाकारहरुलाई धन्यवाद व्यक्त गर्दै यसप्रकारको कार्यक्रमले दुई देशबीच भाइचारा तथा सम्बन्ध अझै प्रगाढ हुने बताए । उनले पिपिओ धरानद्धारा सञ्चालन गरिएको नृत्यान्जली नृत्यप्रति धन्यवाद पनि दिएका थिए । मुख्यमन्त्री कार्कीले आगामी बर्ष २०८२ लाई प्रदेश सरकारले भ्रमण बर्षकोरुपमा मनाउने उद्घोष गर्दै उक्त बर्षलाई सफल बनाउन भारतीय दुतावासको पनि सहयोगको अपेक्षा गरे । विराटनगरका मेयर कोइरालाले नेपाल भारतको सुमधुर सम्बन्धबारे प्रकाश पारेका थिए । 

dance2

पिपिओका प्रभारी अधिकारी मेजर कनोजियाले स्वामी विवेकानन्द सास्ँकृतिक केन्द्रका सहभागी टोली र अतिथिहरुलाई धन्यवाद दिएका थिए । उनले कुनै पनि देशलाई चिनाउनको लागि उक्त देशको कला र सँस्कृतिले महत्वपुर्ण भुमिका रहने त्यसमध्ये कथक नृत्य पनि एक भएको बताए । कथक नृत्य भारतको पौराणिक नृत्य हो । यो नृत्य भारतको राजस्थान र उत्तर भारतबाट शुरुवात भएको साथै हिन्दु ग्रन्थहरुमा पनि यसको वर्णन भएको पाइन्छ । मेजर कनोजियाले कथक नृत्यबारे प्रष्ट पार्दै यस्ता नृत्यहरुले देशको साँस्कृतिक सम्मृद्धि र विविधता देखाउने, मानिसको परम्परा, जीवनशैली र कथा वर्णन, साँस्कृतिक विविधता वयान गर्ने पनि बताए । 

dance3