धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार धरानमा रक्तदान कार्यक्रम भएको छ ।

नेपाल भारत मैत्री संघको आयोजनामा भानुचोकमा आयोजित रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । भारतले भोली १५ अगष्टमा स्वतन्त्रता दिवस मनाउदैछ । छिमेकी मुलुकसँगको सम्बन्ध जनस्तरमा पनि प्रगाढ बनाउन संघ स्थापना भएको हो । विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले पनि रक्तदान कार्यक्रम गरिएको अध्यष श्रेष्ठले बताए । 

blood donate3 copy

रक्तदान कार्यक्रम धरान १३ स्थित भारतीय पेन्सन पेइङ अफिसका प्रमुख एवं मेजर भरत कनोजिया रहेका थिए । मेजर कनोजियाले नेपाल र भारतबीचको सम्बन्ध रोटी बेटीको भएको उल्लेख गर्दै दुवै देशका जनताबीचमा पनि सम्बन्ध सुमधुर रहेको बताए । उनले संघको माध्यमबाट सामाजिक कार्यहरु जनस्तरमा अन्यत्र पनि आयोजना गर्नुपर्ने बताए । 

कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति उमेश थापाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । 

blood donate copy