धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार धरान १३ स्थित पेन्सन वितरण कार्यालयले विविध कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी रहेका थिए । कार्यालयका प्रमुख एवं मेजर भरत कनोजियाले झण्डोत्तोलन गर्नुका साथै वीर सैनिकहरुप्रति सम्मान पनि अर्पण गरेका थिए । साथै स्वतन्त्रता दिवको अवसरमा केक पनि काटिएको थियो ।

मेजन कनाोजियाले स्वतन्त्रता दिवसलाई भारतमा हर्षोल्लासका साथ मनाउने गरेको उल्लेख गर्दै देशको स्वतन्त्रता, अखण्डता कायम राख्न देशको सेना र अर्धसेनाको ठुलो योगदान रहेको बताए । भारतको स्वतन्त्रतामा नेपालबासी पुर्वभारतीय सैनिकहरुको ठुलो योगदान रहेको चर्चा गर्दे उनले सबेको त्याग र वलिदान विर्सन नहुने बताए । 

pension2

सोही योगदानलाई मध्यनजर गर्दै नेपालमा रहेका भुपु सैनिकहरुलाई सेवा दिन पेन्सन वितरण कार्यालय स्थापना गरिएको र सर्वांगिण हितको लागि कल्याणकारी कार्य, भैपरिआउने समस्या निवरण गर्ने काम भइरहेको बताए । हाल १५ हजार भन्दा धेरै भुपुसैनिक र तिनका आश्रितलाई सेवा प्रदान गरिरहेको पनि उनले बताए।

धरानस्थित पेन्सन कार्यालयले कोशी प्रदेशका सबै जिल्लाका, मधेश प्रदेशको ४ जिल्ला र बागमती प्रदेशका २ जिल्ला सिन्धुली, रामेछापका पेन्सनरहरुलाई सेवा प्रदान गर्दै आइरहेको पनि उनले बताए । 

pension5

साथै, दुर्गम पहाडी क्षेत्रमा सञ्चालित क्याम्पहरु इलाम, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, धनकुटासँगसँगै भुपुका बहुल्यतालाई मध्यनजर गर्दै सोलुखुम्बु र संखुवासभामा पनि क्याम्प सञ्चालन गरेको जानकारी दिए । यस्तै, तराईका जिल्लाको कटारी र बेल्टार, सुनसरीको झुम्का, मोरङ र झापा जिल्लाका ७ स्थान र सुनसरीको इटहरीमा पनि हुन गइरहेको बताए । 

मेडिकल स्किमलाई सुरु गर्दै आर्मी तथा आसाम राइफलका पेन्सनरहरुलाई स्वास्थ्य उपचार प्रदान गर्दै आएकोमा हाल भोजपुर जिल्लाका पेन्सनरहरुलाई पनि पोलिक्लिनिक स्थापना भएको मेजर कनोजियाले जानकारी दिए । पेन्सन क्याम्प लागेको समयमा प्रत्येक क्याम्पमा मोवाइल मेडिकल युनिट लैजाने प्रस्ताव रहेको पनि उनले बताए । पेन्सन कार्यालय हातामा भुपु तथा आश्रितहरुको आवतजावत हुने भएकोले खान र बस्नको राम्रो प्रबन्धन गरिएको पनि उनले बताए । 

pension4

वीर नारी तथा युवायुवतीको भविष्य मध्यनजर गर्दै र स्वरोजगार योजना अन्तर्गत कम्प्युटर तालिम, सिलाई बुनाई र ब्युउटी पार्लर कोर्षको व्यवस्था गरेर लाभान्वित गराएको पनि मेजर कनोजियाले बताए । सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दे बर्षेनी रक्तदान कार्यक्रम पनि कार्यालयले आयोजना गरिरहेको उनले बताए । 

कार्यक्रमका प्रमुख अतिथि एवं सुनसरीका प्रजिअ तिवारीले संसारको ठुलो लोकतान्त्रिक मुलुक भारत सामाजिक, आर्थिक जीवनका सबै आयामहरुमा प्रगति, उन्नती गरिरहेको बताए । सबैभन्दा नजिकको मित्रराष्ट भएको कारण भारतको प्रगतिमा नेपाल र नेपालीहरुले गौरव गर्ने बताए । भारतको प्रगतिले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने उनले बताए । नेपाल र भारतको सम्बन्ध सदियौ पुरानो, सभ्यता जतिकै पुरानो रहेको पनि प्रजिअ तिवारीले बताए । नजिकको छिमेकी हुदा सम्बन्धहरु कहिलेकही उतारचढाव भएपनि समग्रतामा सम्बन्ध मित्रतापुर्ण र सार्वभौम समानताको आधारमा रहेको बताए । भविष्यमा पनि दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ रहने उनले बताए । 

भिडियो:

कार्यक्रममा सदित पत्नी वीर नारीहरुलाई उपहार प्रदान गरिएको थियो भने युद्ध मैदानमा बहादुरी प्रर्दशन गरेर वीरता पदक प्राप्त गरेका भुपु सैनिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । धरान, इटहरी, झापा, इलाम, शान्तिनगरलगायत स्थानका भुपु सैनिकहरुबीच खेलकुद प्रतियोगिता पनि भएको थियो । मनोरञ्जनको लागि गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । वीर नारी, वीरता पदक प्राप्त गरेका भुपु सैनिक, खेलकुदका विजेताहरुलाई मेजर कनोजियासँगै प्रजिअ तिवारी, नेपाल प्रहरीका एसएसपी भीम दाहाल, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, सुनसरी प्रहरी प्रमुख एसपी विपिन कार्कीलगायतले उपहार, पुरस्कार वितरण गरेका थिए । 

pension3

pension9

pension7

pension8

pension6

pension11

pension12

pension13