धरान: समाजवादी युवा सङ्घ नेपाल परित्याग गरेर ६ सय युवाहरु  जना युवा वाई.सि.एल.नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार धरान १५ स्थित होटल इजी राइडरमा वाई.सि.एल. प्रदेश १ कमिटीले कार्यक्रम आयोजना गरेर समाजवादीका ६ सय युवाहरुलाई पार्टी प्रवेश तथा स्वागत गरेको हो । कार्यक्रममा समाजवादी युवा सङ्घका केन्द्रीय सचिव श्री सुब्बाको नेतृत्वमा मोरङ, सुनसरी, उदयपुर, इलाम ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटाबाट ६ सय हाराहारीमा युवाहरु वाई.सि.एल. प्रवेश गरेको जनाएको छ । 

समाजवादी युवा संघ जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध युवा संगठन हो । उक्त संगठन परित्याग गरेर युवाहरु नेकपा माओवादी केन्द्र सम्बद्ध वाई.सि.एल.मा प्रवेश गरेका हुन् । समाजवादी युवा सङ्घ  मोरङ जिल्लाका वरिष्ठ उपाध्यक्ष सुमन लिम्बु, इलामबाट प्रदेश सदस्य हिमाल राई, सुनसरीबाट प्रदेश सदस्य सम्सु अन्सारी र कृष्ण लिम्बु, उदयपुरबाट प्रदेश सदस्य रन्जित राई, प्रेम राई र श्याम मगर, धनकुटाबाट प्रदेश सदस्य राम राई र सन्दीप लिम्बु, संखुवासभाबाट प्रदेश सदस्य सुन्दर गुरुङ, तेह्रथुमबाट प्रदेश सदस्य राज श्रेष्ठ र गंगाबहादुर लिम्बु, ताप्लेजुङबाट प्रदेश सदस्य लक्ष्मी लिम्बु र मौसम लिम्बु को नेतृत्वमा युवाहरु वाईसीएलमा प्रवेश गरेका हुन् । 

YCL1 copy

पार्टी प्रवेश गरेका नयाँ युवाहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल किराँती, प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङ्बो मौसम, युवा तथा विद्यार्थीका फ्र्याक्सन इन्चार्ज तथा केन्द्रीय कमिटीका सदस्य मुक्सामहाङ मेन्याङबो मुकेश, ञ१ नम्बर प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ मिक्सो, वाईसीएल नेपालका प्रदेश इन्चार्ज कर्मा पुलामी लगायतका नेताहरूले स्वागत गरेका थिए।

वाईसीएल नेपाल प्रदेश नम्बर १ का संयोजक कुमार आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सपना परिवार सन्ध्या, किराँती राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजन किराँती बासु, प्रदेश कमिटीका सदस्य तथा धरानका उपप्रमुख आइन्द्रविक्रम बेगा, पार्टीका प्रदेश सदस्य तथा वाईसीएलका पूर्व नेता पूर्ण भुजेल चिन्तन, पार्टीका प्रदेश सदस्य तथा धरान इन्चार्ज फोकवाहाङ सुब्बा चोत्लुङ, उपमहानगर कमिटी अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज लगायतका नेताहरूको उपस्थिति रहेको थियो।