धरान: कोशी प्रदेशस्तरीय ‘ईस्ट्रन सिंगिङ सुपरस्टार सिजन–१’ गायन प्रतियोगिता सुरु भएको छ।

अलङकार म्युजिक एकेडेमी धरानको आयोजनामा गायन प्रतियोगिता सुरु भएको हो । एकेडेमीले पहिलो पटक गायन प्रतियोगिता आयोजना गरेको हो ! एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिर्दै गत असारदेखी डिजिटल अडिसन सञ्चालन भइरहेको जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा सम्पन्न हुने आयोजक सस्था एकेडेमिका अध्यक्ष बिनोद प्रियदर्शि राईले बताए ।

उनका अनुसार पहिलो चरण डिजिटल अडिसन र दोस्रो चरणमा फिजिकल अडिसन हुने छ । डिजिटल अडिसन दुई चरणमा हुने उनको भनाइ छ । आगामी असोज २० गतेसम्म सञ्चालन हुने डिजिटल अडिसनबाट छनौट हुने प्रतिस्पर्धीले पुःन अर्को चरणको डिजिटल अडिसन दिनु पर्ने र उक्त डिजिटल अडिसन पूरा गरी छनौट हुने प्रतिस्पर्धीलाई मात्र फिजिकल अडिसनमा समाबेस गरिने अध्यक्ष राईले बताए ।

‘डिजिटल अडिसनको लागि दुई वटा चरण पूरा गर्नुपर्छ उनले भने ‘पहिलो पटक विना म्यूजिक गित मात्र गाएर पठाउनुपर्ने छ । अर्को चरणमा छनौट हुनेले ट्याक म्यूजिकमा गित गाएर पठाउनुपर्छ दुई वटै डिजिटल राउण्डबाट छनौट हुनेलाई मात्र फिजिकल अडिसनमा सहभागी गराउँर्छौ !‘ फिजिकल अडिसन मसिर ८ गतेदेखी सुरु हुने भएको छ । प्रतियोगिताको फिजिकल अडिसन ५ चरण सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट २० बाट पब्लिक भोटिङ राउण्ड सुरु हुने छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको लागि उत्कृष्ट ५ जना छनौट गरिने छ । प्रतियोगिताको निर्णयकमा बरिस्ठ गायक सम्भु राई, गायक दिपक लिम्बु र गायिका मनिषा पोख्रेल रहेका छन ।

प्रतियोगिताको प्रथम हुनेले नगद ३ लाख रुपैयासहित ट्रफी, प्रमाण र एउटा गित रेकर्डको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमसः नगद १ लाख ५० हजार र नगद ५० हजार रुपैयासहित ट्रफी, प्रमाणपत्र र १÷१ वटा गित रेकर्डको अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आगामी माघ १२ गते हुने जनाइएको छ ।