धरान: जुनियर मिस्टर एण्ड मिस २०८१ को चौथौ संस्करणको अडिसन सम्पन्न भएको छ। 

अडिसनमा धरानका विभिन्न विधालयका कक्षा ३ देखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । दुई पटक भएको अडिसनमा  १३० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेको आयोजक ड्रिम मोडलिङ एजेन्सिले जनाएको छ । 

जुनियर मिस्टर एण्ड मिस धरानमा ३५ जना अडिसन राउन्डबाट छनौट हुने कम्पनिका सिईओ सौरभ भण्डारीले जानकारी दिए । उनका अनुसार छनौट भएका प्रतियोगीहरुलाई १ महिना उपयोगीमूलक तालिम दिइनेछ । तालिममा बोल्ने कलाको विकास, गुड टच ब्याड टचकोबारेमा जानकारी साथै आत्मरक्षाका तालिमहरु, र्याम्पवकहरु सिकाउने पनि भण्डारीले बताए । 

प्रतियोगितामा विजेता छात्रा र छात्रलाई २५ र २५ हजार पुरस्कार दिईने साथै ईन्सुरेन्स र म्युजिक भिडियो, गिफ्ट हेम्पर लगायत दिइनेछ । यस्तै, राष्ट्रिय अन्तर्राष्ट्रिय ब्युटि प्रेजनटमा भाग लिन पाउने पनि सिईओ भण्डारी जानकारी दिए। 

धरानका सरकारी र निजी विधालयका बालबालिकाहरुलाई जानकारी गराए पनि निजी विधालयका बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको ईभेन्टका कोर्डिनेटर निश्चल पलिखेले बताए। माघ अन्तिमसम्म फाइनल गर्ने तयारीमा आयोजक कमिटि लागेको उनको भनाई छ।