धरान: सरकारले उच्चस्तरीय समिति नबनाएको र लिखित सहमति अनुसार केवलकार निर्माण कार्य रोकेर वार्ताको वातावरण नबनाएको भन्दै ञनो केवलकार पक्षझले  मुक्कुमलुङ संरक्षणका लागि थप संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ ।

आन्दोलनरत पक्षले सोमबार ललितपुरस्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । थप संघर्षका कार्यक्रम अनुसार  माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूह १ नं। प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने रहेको छ । यस्तै, २०८१ फागुन ६ देखि ८ गतेसम्म `मुक्कुमलुङ बचाऔं पदयात्रा´ गर्ने र केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ पनि संघर्षका थप कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने र काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार बिरोध सभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । 

साथै, केबलकार खारेजीका लागि १ नं.प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई बिरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। आन्दोलनरत पक्षले अनिश्चितकालिन यातायात बन्द र आमहडताल गर्ने घोषणा गरे पनि कहिलेदेखि भनेर मिति खुलाएको छैन ।

केवलकार निर्माणको विरोधको क्रममा सशस्त्र प्रहरीको गोली लागेर आन्दोलनकारी गम्भीर घाइते भएपछि नो केवलकार आन्दोलन चर्किएको थियो । ताप्लेजुङ नाकाबन्दी र ९ जिल्ला लिम्बुवान बन्दसङ्गै आन्दोलनकारीले आमहडतालको घोषणा गरेपछि गृहमन्त्रालयले सहसचिव नेतृत्वमा वार्ता समिति बनाएको थियो । उक्त समिति र आन्दोलनकारीविच २ दिन वार्ता भई ६ बुदे सहमति भएको थियो, र २७ गते निर्णायक वार्ता गर्ने भनिएको थियो ।  

FB_IMG_1739192869785FB_IMG_1739192872367