धरान: आ-आफ्नो जिल्लामा च्याम्पियन बनेका क्लबहरुबिचको कोशी प्रदेशस्तरीय प्रिमियर लिग फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ  ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा सोमबारदेखि धरान १६ रंगशालामा प्रिमियर लिग शुरु भएको हो ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डलले गरेका थिए ।  

सोमबार भएको दुई खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै ३/३ अन्कका साथ समुहको शिर्ष स्थानमा उक्लिएका छन् । 

पहिलो खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले भोजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । समुहमा तीन अकसहित गाईघाट समुह बीको शिर्ष स्थानमा रहेको छ ।

20250210_193155

गाईघाटको जितको लागी प्रविन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रविन राईले नगद ५ हजार सहित ट्रफि हात पारे । 

यसैगरी, सोमबार नै भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई ताप्लेजुङको प्रगतिशील युवा क्लबले २–१ गोल अन्तरले पराजित गर्‍यो । जितसङ्गै प्रगतिशिल तीन अकसहित समुह डी को शिर्ष स्थानमा रहेको छ ।

 प्रगतिशिलको जितका लागी सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए । धरान फुटबल क्लबका सबिन राईले एक गोल गरे । खेलको अफ  द म्याच प्रगतिशिल युवा क्लबका  सविन तामाङ घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका थिए । 

आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुले सहभागीता जनाएको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिए । एघार जिल्लालाई ४ समुहमा विभाजन गरीएको छ। 

 प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।