धरान: गए राती धरान वडा नं ११ स्थित सेलिङ मार्गमा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् ।
प्रहरीका अनुसार धरान वडा नं १५ बस्ने १९ बर्षीय आयन राईलाई खुकुरी प्रहार भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाईतेको बाँया पाखुरा तल र ढाडमा काटिएको छ, साथै अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । हाल भने उपचार जारी रहेको र घाइतेको अवस्था सुधार हुदै गएर बोल्न सक्ने भएको पनि प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वडा १५ का समिर राई र वडा ११ का लेलिङ श्रेष्ठले धारिलो हतियार खुकुरी प्रहार गरी आयनलाई धाईते बनाएका हुन् । घटनामा संलग्न दुवै फरार छन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक दिवस कुवरको नेतृत्वमा खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।