धरान: नेपाली चलचित्र 'ऊनको स्वीटर' यही बैशाख २६ गते सिनेमा हलहरुमा रिलिज हुदैछ । यही फिल्मको 'धान सुक्यो रातले फकाउछ काफ्ले' बोलको गीत अहिले निक्कै चर्चामा छ।
यो फिल्मको प्रर्वद्धन गर्ने उद्देश्यले यही बैशाख १८ गते धरान १६ स्थित रंगशालामा 'ऊनको स्वीटर' साँझ लाइभ कन्सर्ट हुने भएको छ । लाइभ कन्सर्टमा गायक सुजन चापागाई एण्ड द इन्फीनिटी ब्याण्डको प्रस्तुती हुनेछ । गायक चापागाईको तीनपाते, गाला पुक्का, लजाएर, बाफ, घुमी घुमी, फुलथुंगे रानी, फुल, एक्लै भएनी, मखमलीलगायत गीतहरु चर्चित छन् ।
सुजन चापागाई र इन्फिनिटी ब्याण्डमा ८ जना सदस्य छन् । उनीहरुको गीत, संगीत फरक शैलीका छन्, जसले करोडौं नेपालीहरुको मन जितेको छ । नेपाली लोक र समकालीन ध्वनीहरुको सुन्दर फ्युजन उनीहरुको सृर्जनामा भेट्न सकिन्छ । यही ब्याण्डको बिशेष प्रस्तुतीसहित 'ऊनको स्वीटर' साँझको तयारी धरानमा भइरहेका छ ।
आयोजकका अनुसार गायक सुजन चापागाईसँगै गायिका झुमा लिम्बुको पनि बिशेष प्रस्तुती रहनेछ । अहिले चर्चित गीत फकाउछ काफ्ले मा झुमाको स्वर रहेको छ । यस्तै, गायिका सुनिता थेगिम, कलाकारहरु विपिन कार्की, मिरुना मगर, विल्सन बिक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि बिशेष प्रस्तुती रहनेछ ।