धरान: ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सिजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।
गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ट्यालेन्ट हन्टको शनिबार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न ग्रान्ड फिनालेमा जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता भए ।
विजेता साहाना र स्मीकाले जनही नगद ५० हजार, क्राउन, ट्रफी, प्रमाण पत्रसँगै गरिमा डान्स सेन्टरमा एक बर्षसम्म निःशुल्क नृत्य सिक्ने अवसर पाएका छन्। प्रतियोगितामा साहानाले वेष्ट फोटो जेनिक र स्मीकाले मोष्ट एक्टिभ अवार्ड समेत जितिन् ।
यस्तै, प्रतियोगिताको फस्ट रनरअप जुनियर ग्रुपबाट होलि गार्डेन एकेडेमी धरान–१ की छात्रा ईमानी विष्ट र सिनियर ग्रुपबाट सुनाखरी एकेडेमी धरान–१२ की छात्रा नाम्साङ लिम्बु बने । ईमानी र नाम्साङले जनही नगद २० हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा ६ महिनमा सम्म निः शुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
प्रतियोगितामा ईमानीले मोष्ट पोलाईट साथै नाम्साङले मोष्ट चार्मिङ र वेष्ट मेकअपको अवार्ड पाएकी छन्। प्रतियोगिताको सेकेन्ड रनरअप जुनियर ग्रुपबाट पब्लिक हाई स्कुल धरान–१२ की छात्रा मोनिका राई र सिनियर ग्रुपबाट पर्वत सेकेन्डरी वोर्डिङ स्कुल धरान–१९ की छात्रा मेन्सिहाङ्मा राई बनेका छन्।
मोनिका र मेन्सिहाङ्माले जनही नगद १५ हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा ६ महिनमा सम्म निः शुल्क नृत्य सिक्ने अवसर पाएका छन्। प्रतियोगितामा मोनिकाले मोष्ट एक्टिभ र वेष्ट क्याटवाक अवार्ड हासिल गरे भने मेन्सिहाङ्माले वेष्ट क्याटवाक र वेष्ट मेकअप अवार्ड पाईन्।
अन्य अवार्ड तर्फ जुनियर ग्रुपबाट मोष्ट अनेस्ट धरान मन्टेश्वरी एकेडेमीकी आरोही शाह, मोष्ट डिसीप्लीन युरेका रेसिडेन्टल सेकेन्डरी स्कुलकी सुहाना श्रेष्ठ, मोष्ट एक्टिभ धरान मन्टेश्वरी एकेडेमीका प्रज्ञान लकान्द्री घोषित भए।
मोष्ट फ्रेन्डली दिल्ली पब्लिक स्कुलका सबल थापा मगर, मोष्ट हेल्पफुल धरान मन्टेश्वरी एकेडेमीकी प्रनिसा खतिवडा, वेष्ट स्माईल जोलसाया एकेडेमीकी चासुम राई, मोष्ट चियरफुल मोष्ट धरान मन्टेश्वरी एकेडेमीका हृदहाङ राई, मोष्ट ईम्प्रुभ समिट सेकेन्डरी स्कुलकी प्रनिसा माझी भए।
यस्तै मोष्ट चार्मिङ र वेष्ट भ्युअर च्वाईस धरान मन्टेश्वरी एकेडेमीकी छात्रा मेलिसा राई तथा मोस्ट पङ्चुअल र वेष्ट मेकअप वुद्ध आदर्श सेकेन्डरी बोर्डिङ स्कुल धरान–९ की छात्रा सोमिया राईले प्राप्त गरे।
सिनियर तर्फ मोष्ट पङचुअल विष्णु मेमोरियल सेकेन्डरी स्कुलकी प्रास्ना तिम्सिना, मोष्ट फे्रन्डली धरान लिगामेन्ट सेकेन्डरी स्कुलका अतिन गुरुङ, मोष्ट हेल्पफूल विष्णु मेमोरियल से।स्कुलकी विद्या राई, मोष्ट डिसिप्लीन विद्या भुषण स्कुलकी छात्रा मेघा मगर, मोष्ट अनेष्ट गीन्सार थापा मगर भए।
यस्तै, वेष्ट फोटो जेनिक र वेष्ट भ्युअरको अवार्ड च्वाईस विष्णु मेमोरियल से।स्कुलकी क्रिष्टा गुरुङले हासिल गरिन्। प्रतियोगिताका अवार्ड विजेताहरुले ट्रफी र गरिमा डान्स सेन्टर धरानमा एक महिना निः शुल्क नृत्य सिक्ने अवसर पाएका छन्।
गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख निर्णायकमा मिस कोशी १९९८ कृति श्रेष्ठ तथा निर्णायकहरुमा कोरियोग्राफर डिजे ललित राई, कोरियोग्राफर तथा मोडल रोनिक अग्रवाल, लेक्चर लक्ष्मी लिम्बु, पत्रकार भीषण राई रहेका थिए।
विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरु जुनियर ग्रुप र कक्षा ६ देखि ९ मा अध्ययनर विद्यार्थीहरु सिनियर ग्रुप गरि प्रतियोगितामा जम्मा २३ जनाको सहभागिता रहेका थियो। बालबालिकाहरुमा अन्तर निहित प्रतिभालाई अडिसन मार्फत पहिचान गर्दै, प्रतिभालाई निखार्न विभिन्न एक दर्जन जीवन उपयोगी तालिम प्रदान गरि उचित मन्च प्रदान गर्ने उदेश्य अनुरुप ट्यालेन्ट हन्ट आयोजना गरिएको कार्यक्रमको तालिम निर्देशक तथा संचालक सन्जु राई (सुमित्रा)ले बताईन्।