प्रसंग परिबेश

जारी फिल्मको सफलता पछि अहिले यसको सिक्वेल जारी २ को चर्चा बजारमा छ । चर्चित कवि तथा कथाकार उपेन्द्र सुब्बाद्धारा लिखित तथा निर्देशित यो फिल्ममा केही नयाँ कलाकारहरु थपिएर प्रायः जसो जारीकै मुख्य कलाकारहरुलाई दोहोर्याएको जारी २ मा दयाहाङ राई, मेरुना मगर, बिजय बराल, ऋचा शर्मा ( क.सुनिता ), प्रेम सुब्बा (सुब्बा शेरबहादुर), अनिल सुब्बा(बरधोज) रेखा लिम्बु, यासेली योङ्याहाङ आदि कलाकारहरुको अभिनय देख्न पाइन्छ । यसले जारीमा जस्तो याक्थुङ लिम्बु संस्कृतिलाई आधार बनाएर बिशुद्ध मनोरञ्जन मात्र पस्कन नभई मनोरञ्जन सँगै तत्कालीन राज्यको अन्य प्रतिको दृष्टिकोण, माओवादको भएको क्रान्तिको प्रभाव (क्रान्तिले ल्याउने परिबर्तन) र याक्थुङ लिम्बु समुदायमा पुगेको क्षतिका बारेमा दर्शाइएको छ । यतिखेर नेपाली सिनेजगतमा औसत ब्यापार गरिरहेको जारी २ ले मनोरञ्जनको बिषयमा राजनैतिक मुद्धा उठाउने आँट गर्नुनै हिम्मतिलो काम भएको छ । अझ यस्तो जटिल बिषयवस्तुमा सन्तुलित ढंगले काम गर्न सक्नु आफैमा प्रशंसानीय काम हो ।  

पात्र र प्रवृति

यो फिल्मको मुख्य पात्र नाम्साङको हाँसो मुस्कान हो ।  ‘नाम्’ भन्नाले याक्थुङ लिम्बु भाषामा सूर्य र ‘साङ‘’ अर्थ हल्लीएर शुद्ध हुनु भन्ने हुन्छ । चलन चल्तीको नाम ‘नाम्साङ’ घाम जस्तै उज्यालो, सधै घाम जस्तै मुस्कुराई रहने, निर्दोेष मुस्कान भन्न अर्थ लाग्दछ । उनको नाम अनुसारको चरित्र र प्रवृति कथामा देखिएको छ । यो पात्र मुन्धुमी परम्पराअनुसार पालनपोषण ठ्याक्कै नभए पनि मुन्धुमी परम्परा मान्नेमा कस्तो विचलन आयो भन्ने कुरालाई लिएर यसले मुन्धुमी परम्परा याक्थुङ लिन्बु प्रतिनिधित्व गरेको छ । 

‘हाङमा’मा हाङ अर्थ राजा भन्ने अर्थ हुन्छ र ‘मा’ भन्नाले स्त्री बोधक ध्वनी भएकाले समग्रमा ‘हाङमा’ पात्रलाई सुहादिलो नाम रहेको छ । मंगल सिंहको चरित्र अलि कमेडियन लाग्छ । उनको रुने बानी अलि बढी कमेडियन भूमिका भए पनि यो आम दर्शकमा हाँसो पस्कन हो भन्ने बुझ्न गार्हो छैन ।

जारीमा देखिएको आफ्नो संस्कृति प्रेमी (च्याब्रुङ प्रेमी ) बरधोज आफ्नो भेनालाई च्याबु्रङ नाच्न सिकाई च्याब्रुङ उपहार दिई त्यसैको लागि त्यत्रो संर्घष गरी फेरिपनि जारी २ मा आफुलाई संस्कृति प्रेमी हो भन्ने पुष्टि गरेका छन । 

छोरी मानिसको हठ र समानतालाई देखाउन रेखा लिम्बु रुखमा चढेर ओर्लन नमानेको र मंगलसिंहले बन्चरोले रुखको फेदमा काटेको कुरा देखाईएको छ । प्रेम सुब्बा सुब्बा शेरबहादुर, बाबु, र बाबु ससुराको निश्पक्ष भूमिकामा दरिएका छन । ऋचा शर्मा ९ क। सुनिता ० कमरेडको भूमिका ठिकै लाग्ने अभिनय छ । अन्तर जातिय भूमिकामा दमदार नै छ । भेषभूषा र छायांकनले त्यसलाई न्याय गरेको छ ।

यान्थुङ लिम्बु समुदायमा आफ्नो सस्कार संस्कृति प्रतिको मोह

  यो फिल्मको शुरुनै साईमुन्द्री ÷ मेःलुङ फुसिङ्मा ÷  नुुसे फुमा दृष्यबाट शुरु हुन्छ । ‘मे’ को अर्थ स्वास्नी र ‘फुसिङ्मा’को याक्युङ लिम्बु भाषामा ‘छुट्याउनु’ भन्ने अर्थ हुन्छ । यसरी नै ‘सा’ को अर्थ छोराछोरी, ‘मुन्द्री’ भन्नाले छुट्याउनुरहल्लाउनु भन्ने अर्थ हुन्छ । मेःलुङ फुसिङ्मारसाइमुन्द्री जे भने पनि आखिर बिहे पक्का गर्नु अथवा आफ्नो छोराछोरीको कुलवंश नयाँ लोग्नेको लाइनमा सार्नु हो । जसरी मेखिम (विवाह) गरे पनि यसलाई कालान्तरमा सफल भएको सावित गर्नु पर्दछ । यसलाई मेःलुङ फुसिङ्मारसाइमुन्द्री भनिन्छ । 

यो फिल्ममा मेःकाम९विवाह०का प्रयाप्त दृष्यहरु छन । बिहेमा हुने कृयाकलापहरु केही हदसम्म छन । ‘मेः’ को अर्थ स्वास्नी र ‘काम’ को अर्थ मिलाउनु भन्ने हुन्छ । धान नाचका दृष्यहरु लोभलाग्दा छन । मेलापात, हाटबजार, पाहुनापात गएको बेला धान नाचेको, पालाममा विचार आदानप्रदान गरेको कुराहरु छन । पक्लुङ हानेका दृष्य पनि समेटिएको छ । संम्वादमा याक्थुङ लिन्बु भाषा ठाउँठाउँमा प्रयोग भएको छ ।

यो फिल्मको उपनाम नै Song of Chyabrung  (च्याब्रुङ्को गीत ) राखिएको छ । बरधोजले आफ्नो भेनालाई दिएको च्याब्रु्रुङबाटै खुशीको संञ्चार भएको, जीवनभर रुदै संयोगान्तमा टुंगीएको जारीको कथाबस्तुका मुख्य पात्र नाम्साङको हाँसो र खुशीसँगै जारी २ मा फेरि यो पात्र उदाउँछ । अब बरधोजले विहे गरेपछि उनको जीबनकला नै नाम्साङ दैनिकीको रुपमा परिबर्तन हुन्छ । च्याबुङले नै मुख्य पात्रलाई सामुदायिक जीबनसँग जोडेको हुन्छ । च्याबुङको आवाजले समुदायलाई जीवन्तता  दिएको हुन्छ । एक हिसाबले भनौ न यो गीतले नै समुदाय जीवित रहेको हुन्छ । यही च्याब्रुङको क्षतिले यो फिल्मका मुख्य पात्र नाम्साङमा मनोदशा शुरु हुन्छ । उनको श्रीमती ( हाङमा ) सँगको संम्बन्धमा दरार आउँछ । आफ्ना सालो बरधोजसँग संम्बन्ध बिग्रिन्छ । बाबुसंग पहिलो पटक आमनेसामनेको स्थिति पैदा हुन्छ । सिंगो समुदायमा उनको छबि खराब बन्छ ।

द्धन्द्धकालमा क्रिश्चनीकरणलाई खुल्ला अभ्यासले यो समुदायलाई पनि सामान्य क्षति पुर्याएको यो फिल्ममा हेर्न पाईन्छ । यी सबै पात्र, घटना, परिघटना र कथाबस्तु संस्कृति केन्द्रीत देखिन्छ । यो फिल्ममा च्याब्रुङको क्षतिबाटै वास्तबिक द्धन्द्धको शूरु हुन्छ । यो तत्कालीन राज्यसत्ताको समुदायमा चरम प्रवेशले नित्याउँछ । च्याब्रुङकै कारण क्रान्तिको बचाव पनि हुन्छ । जारी २ मा जारी संस्कृति सम्बन्धी चर्चा र कुराबाहेक जारी जस्तो केही पनि थाह हुँदैन । बरु यो उपशीर्षक च्याबु्रङको गीत जस्तो लाग्छ । माओवादीहरुले च्याब्रुङको सहायताले पार पाउँछन । पुर्ब आधार इलाकाबाट तत्कालिन शाहि सेनाले हालेको घेराबाट फुत्किएर अर्को आधारईलाकामा प्रबेश गर्छन । 

जारी २ मा ब्रामणवाद, माओवाद र मुन्धुम मार्ग बिच त्रिकोणात्मक द्धन्द्ध 

  ब्रामणवाद र माओवाद दुबै चरम पन्थी सिुद्धान्त हुन । ब्रामणवादले आफ्नो सत्ता कायम राख्न साम, दाम, दण्ड र भेदको नितिलाई आत्मासाथ गर्छ भने माओवादले आफ्नो सत्ता कायम गर्न वर्गीय बल प्रयोगको सिद्धान्तलाई अबलम्बन गर्र्छ । यसो गर्दा ब्रामणवादले जातिगत हिसाबले बाहुन जाति र धार्मिक सांस्कृतिक हिसावले हिन्दु वा हिन्दुवादको पक्षपोषण गर्छ भने माओवादले सर्वहाराको हितमा काम गर्दछ । चरम पन्थले अन्य समुदायको सम्पदाहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा हानि पुर्यारहेको हुन्छ भने मुन्धुम मार्ग एक मध्यम मार्ग हो । यसले सन्तुलित संयमता र सहअस्तित्वलाई आत्मासाथ गर्दछ । यही कुरा जारी २ मा देखाइएको पाइन्छ ।

यहाँ ब्रामणवादको रुपमा तत्कालिन राज्यलाई चित्रण गरिएको छ । यसको भौतिक रुप तत्कालिन शाही सेनालाई मानिएको छ । माओवाद ( क्रान्ति ) रुपमा तत्कालिन नेकपा माओवादी पाटीलाई लिईएको छ भने मुन्धुम मार्गको प्रतिनिधिको रुपमा मुन्धुम मार्गी याक्थुङ लिन्बु समुदायलाई लिइएको छ । दुइटा चरम पन्थको संर्धषको परिबेशबाट कथा शूरु हुन्छ । मुन्धुम मार्गी याक्थुङ लिन्बु समुदायको बेग आफ्नै ढंगले बगीरहेको परिवेशमा माओवादीको खोजीमा ब्रामणवादी राज्यसत्ता (तत्कालिन शाही सेना )को प्रवेश सँगै समुदायमा तरंग पैदा हुन्छ र चीरहरणको क्रम शुरु हुन्छ ।

मुख्य पात्र नाम्साङको हाँसो मुस्कान त्यहीबाट खोसिन शुरु हुन्छ । उनले आफ्नो खुशीको स्रोतको रुपमा प्रयोग भएको च्याबु्रङको खनतलासको बहानामा च्याब्रुङमा पुगेको अपुरणीय क्षतिले नित्याएको व्यात्तिगत मनोबिज्ञान, त्यसले निम्याएको आफ्नो श्रीमती हाङमा सँगको असमझदारी बढेसँगै भौतक तथा शारिरीक टकराब, त्यो सँगै शुरु भएको परिवारिक समस्याले कथालाई अगाडि बढाउँछ । जब द्धन्द्धले समुदायिक जीवनमा प्रवेश गर्दछ यसले मुन्धुम मार्गी याक्थुङ लिम्बुको सामुदायिक जीवनको गति र चालमा खलल पुर्याउँछ ।

हुनतः द्धन्द्ध नेपाल भरीनै फैलिएर भौतिक रुपमा विभिन्न समुदायले धेरै क्षति बेहोर्नु पर्यो । धेरै मानिसहरुले आफ्नो ज्यान गुमाउनु पर्यो । कति बेपता हुनु पर्यो । राजनैतिक परिबर्तन पनि भयो । तर भौतिक तथा मानबीय क्षतिका हिसाबले याक्थुङ लिम्बु समुदायले तुलनात्मक रुपमा थोरै गुमाए तापनि सास्कृतिक रुपमा धेरै कुरा गुमाएको देखिन्छ । च्याब्रुङ नाच (के लाङ), धान नाच ( याराक्मा), पालाम, आदि आफ्नो मुख्य संस्कृतिका रुपमा अभ्यास गर्ने मेलापातमा सामुहिक भेला हुने कुरामा द्धन्द्धकालमा पुनःस्थापना हुन नसक्ने गरि प्रतिबन्द र यसले पुर्याएको सांस्कृतिक क्षतिका बारेमा जारी २ मा देखाइएको छ । मुन्धुम मार्गी याक्थुङ लिन्बु समुदाय मध्य मार्गी हुँदा हुँदै पनि यसमा ब्रामणवादको प्रबेशले विस्तारै बिग्रह पैदा गरी द्धन्द्ध श्रृर्जना गरेको र माओवादी बिद्रोहले बिस्तारै चेतनाको विस्तार गरेको यो फिल्ममा देख्न सकिन्छ । 

मुन्धुम सौन्दर्यशास्त्रको कसीमा जारी २

तत्कालिन पितृ सत्ता विरुद्ध लैंगीक समानताका लागि उठेको बिद्रोहको कमाण्डनै महिलाको नेतृत्वमा समुदायमा प्रबेश गर्नुले यो बिद्रोह तत्कालिन पितृ सत्ता बिरुद्ध थियो भन्ने पुष्टि हुन्छ । मुन्धम मार्गमा लैगिंक समानता भए पनि बिस्तारै सुभांगी प्रथाबाट गोरखा (हिन्दु)को कुल भैयादको सहमतिले त्यो संरचना भत्कदै थियो । मुन्धम परम्परालाई पछ्याउने याक्थुङ लिम्बु समुदायमा यो भेद बिस्तारै प्रबेश गरेपछि लैगिंक, जातिय, भौगोलिक, वर्गीय समानताको लागि भएको बिद्रोहले यो समुदायलाई चरम द्धन्द्धमा नधकेलिए तापनि सास्कृतिक अभ्यासको दृष्टिकोणले निकै क्षति पुगेको देखाइएको छ ।

साईमुन्द्रीको दृष्यबाट शुरु भएको फिल्ममा ज्वाइ ( मुख्य पात्र नाम्साङ ) अनुस्पस्थित हुनु, बिहेको लागि माहिलाको मञ्जुरि हुनुपर्ने र त्यसको लागि हदैसम्मको बिद्रोह हुने(रुखमा चढेर), मेलापात, हाटबजार र पाहुनापातमा महिलाहरुको स्वातन्त्र घुम्फिर, धान नाचमा समान सहभागिता, पालाममा व्यात्तिगत विचार आदानप्रदान र दिल्लखी आदिले यो समुदायमा लैगिक समानता र बिग्रहलाई देखाउँछ ।      

यस फिल्ममा मुन्धुमी चेली र माइतीको संम्बन्धलाई पनि देखाउन खोजिएको छ । चेली र माइतीका मुन्धुमहरु धेरै छन । यी मुन्धुमहरुले चेली र माइतीका सम्बन्धहरु स्पष्ट पार्छन । मुन्धुमअनुसार माईतीले आफ्नो चेलीलाई माङगेना मान्दछ । माईतीको सिरमा सौर्यता कायम गर्न चेलीको ठूलो भूमिका र साथ रहन्छ । त्यस्तै चेलीको सबै उतार चढाबमा माइतीको साथ रहने कुरा यो फिल्ममा देखाइएको छ । फिल्ममा हाङमाले आफ्नो माइती बरधोज थप्पढ हानेको कुरा अलि असादर्भिक लाग्छ । 

मुन्धुममा बिवाह (मेकाम ) र परिवारको अबधारणा र मुन्धुम मार्गमा हिड्ने समुदाय भन्दा जारी २ मा देखाइएको बिवाह अलि फरक छ । हाङमाले श्रीमती भएको नाताले सामाजिक बिचलन पछि श्रम शिबिरमा रहेका नाम्साङ (आफ्नो श्रीमान )लाई प्राप्त गर्न जति त्याग र संघर्ष गर्दछिन । त्यो मुन्धुम सौन्दर्यशास्त्रको दृष्टिकोणले अलि अतिरञ्जित छ । मुन्धुम मार्गमा हिड्ने याक्थुङ लिम्बु समुदायको जारी २ चित्रित जनजीबन पनि निकै अतिरञ्जित छ । बिशेष गरि सालो (बरधोज) र भेना ( नाम्साङ ) सम्बन्ध अनन्याश्रित उतारचढाब देखिन्छ । मंगलसिंह जस्तो पात्र जारी २ मा त्यतिकै किन रोईराखेका भेटिन्छन रु कथा बस्तुमा त्यसको पुष्टि भेटिदैन । यसको कारण माक्सती एक आँखा हो भन्न सकिने अबस्था छैन । वास्तबिक जनजीवनमा त्यस्तो पात्र पनि भेट्न मुस्किल पर्छ । सायद यो एउटा फिल्म भएर होला । 

मुन्धुम मार्गी याक्थुङ लिम्बु समुदाय फूलको महत्व धेरै हुन्छ । यसलाई धेरै कुराको प्रतीक रुपमा हेरिन्छ । यो फिल्मको कथाबस्तुमा त्यो भेटिदैन । अर्को यो समुदायमा फेङदाङमा, साम्बा, येबा । येमाको चलखेल ब्यापक हुन्छ । त्यो पनि यस पिल्ममा त्यस्तो पाईदैन । समुदायमा रहेको द्धन्द्ध बाहिरी शाह सेना र माओवादी जस्तो देखिए तापनि वास्तबिक द्धन्द्ध आफु सँगै हो भन्ने कुरा बुझ्न गार्हो छैन । यो कुरा फिल्मको पहिलो दृष्यबाटै बुझ्न सकिन्छ । पहिलो दृष्य साईमुन्द्रीको दृष्यबाट शुरु हुदाँ त्यो दृष्यमा ज्वाई देखिन्न । त्यहीबाट ज्वाईमा केही खराबी छ भन्ने कुरा थाह हुन्छ ।

उनी शुरुमात च्याबु्रङ नाच्न जान्दैनन । त्यो भेना भएको नाताले बरधोजले शिकाएर उनमा खुशी ल्याउछँन । उनी पालाम भन्न र गाउँन जान्दैनन । पक्लुङ होनेको कहिले देखिदैन । पा भन्नाले याक्थुङ लिम्बु भाषामा पुर्खा भन्ने अर्थ लाग्दछ भने लामको अर्थ बाटो । मार्ग हो । पालामको अर्थ पुर्खाहरुको मार्ग (मुन्धुम मार्ग ) हो । मुन्धुमको चोलुङ दर्शनअनुसार यी पात्र एक अपूर्ण पात्र हुन । आजको परिबेशमा जसको कुनै दोष छैन । उसको पालनपोषण नै असन्तुलित हुन्छ । तर उनी निर्दोष हुन्छन । यो ब्यात्तिगत समस्या नभएर आम मुन्धुम मार्गी याक्थुङ लिम्बु समुदायको समस्या हो भनेर बुझ्नु जरुरी छ ।

यो फिल्ममा मुन्धमी जीबन दर्शन पनि पाईन्छ । बरधोजले च्याबु्रङ उपहार दिने क्रममा च्याबु्रङ नाच्न सिकाउँछ । जीवन जीउँने कला मध्ये यो पनि एक हो । यो कलात उनले बरधोजबाट सिक्छन । तर बाँकी कला अपुरो रहन्छ । यो अपूर्णता हाङमामा पनि रहन्छ । त्यहीनै द्धन्द्ध वास्तबिक कारण हो । मुन्धुमअनुसार चो लुङ भनेको लाक्षणिक रुपले प्रतिष्ठा, उपलब्धि, पूर्णता र सिद्धता जनाउने शब्द हो । मानव जीवनको मरणशीलता र क्षणभङ्गुरताको विकल्पका रुपमा सृष्टिकर्ता पोरोक्मी यम्भामी माङले मानवजातिलाई चो लुङ प्रदान गरेका हुन् । 

मुन्धुममा मानिसले जीवनको हरेक खुड्किलामा सिद्धतापूर्ण जीवन बिताउनु पर्छ भन्ने मान्यता छ । मानिसको बालापनमा पनि आफ्नै चो लुङ हुन्छ । यसको माने बालबालिका हुँदा पनि चो लुङ पूर्णजीवन बिताउनु पर्छ । एक बालक हुनुको सबै गुणहरु हासिल गर्नुपर्छ । यसलाई हेन्जीरी हेङ्बोङ्गे चो लुङ भनिन्छ । जीवन एक फूलजस्तो भएकाले एक कोपिला जस्तो जीवन ग्रहण गर्नु पर्छ । त्यस्तै जीवन बिताउनु पर्छ । जब मानिस नालिगेन थाङ्बेन । सिसागेन मेन्छिम (युवायुवती) पुुग्छ, तब उसको पनि आफ्नो चो लुङ हुन्छ । त्यसलाई नालिगेन थाङ्बेनरसिसागेन मेन्छिम चो लुङ भनिन्छ । मानिस नालिगेन थाङ्बेन हुँदा एक युवा नालिगेन थाङ्बेन भएको नाताले पालाम भन्न सक्ने, पक्लुङ हान्न सक्ने, गुलेली तीर (तोङ) हान्न सक्ने, के (च्याब्रुङ) बजाउन सक्ने, नाच्न सक्ने र हरेक कुरामा प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्दछ ।

एक युवती सिसागेन मेन्छिम भएको नाताले घर तथा जीवन चलाउन सक्ने र थाक थाक्मा (तान बुन्नु) गर्नसक्ने हुनु पर्दछ । जीवन एक फूल भएकाले फूलजस्तै आकर्षक जीवन हुनु पर्दछ । जीवन एक सुन्दर फूलबारी भएकाले यसका लागि फूलहरुजस्तै उज्यालो जीवन, नाच्ने, गाउने, आमोदप्रमोद गर्ने, शारीरिक तथा संवेगात्मक रुपमा योगदान गर्ने र महङ्खवपूर्ण सामुदायिक तथा सामाजिक योगदान पु¥याउने काम गर्नु पर्दछ । जब मानिस याक्लागेन सुहाङ्मा (सज्जन महिला) तथा तुतुगेन तुम्याहाङ (सज्जन पुरुष) हुँदा एक याक्लागेन सुहाङ्मा (सज्जन महिला) भएको नाताले परिवार र सामुदायिक तथा सामाजिक महङ्खवपूर्ण योगदान पु¥याउने काम गर्नु पर्दछ ।

एक तुम्याहाङ (सज्जन पुरुष) भएको नाताले परिवार र समुदाय तथा समाजलाई नेतृत्वदायी योगदान पु¥याउने काम गर्नु पर्दछ । तुम्याहाङले आफ्नो परिवार र समुदाय तथा समाजलाई अन्य समुदाय तथा समाजसँग संयोजन गर्ने काम गर्न सक्नु पर्दछ । यसलाई तुम्याहाङ चो लुङ भनिन्छ । त्यसैले यो फिल्ममा नाम्साङ र हाङमाको खामोसीपन क्षणिक हो भन्न सकिन्छ । यो मुन्धुमी चो लुङ अनुसार स्थायी र पुर्ण जीबन होइन ।  

यदि तुम्याहाङ शिर्ष स्थानमा पुगेमा यसलाई तुतुगेन तुम्याहाङ भनिन्छ । बाबु सुब्बामा पनि यो अभाव देखिन्छ । त्यसैले नाम्साङको मुन्धुमी चो लुङ दर्शनअनुसारको पालनपोषणको अभाब नै नाम्साङको मनोदशा , हविगत, र नियति हो । मानिसका लागि सबैभन्दा महङ्खवपूर्ण र उच्च चो लुङ तुम्याहाङ चो लुङ हो । त्यसैले तुम्याहाङलाई परिवार, समुदाय, र समाजमा महङ्खव र उच्च स्थान दिइएको छ । यसलाई यो फिल्ममा अनेक सिलाम साक्माको प्रयोगले पनि छेक्न सकिएको छैन ।