धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणाम सार्वजनिक हुँदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) ले १६६१ मतको अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको वडा नं ९ सम्मको गणना सकिदा साम्पाङले ९१३३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सरिन तामाङ (गोमा)ले ७४७२ मत पाएका छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले १७०५ मत पाएका छन् भने नेकपा एमालेका टिकाराम लिम्बूले १४८९ मत, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १२५४ पाएको अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार वडा नं १ देखि ९ सम्म कुल २३१८४ मत खसेकोमा २२०२५ मत सदर भएको र ११५९ मत वदर भएको छ ।
भिडियो:



