धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहदा धरानको वडा १ देखि ६ सम्मको मतगणना सकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा ६ सम्मको १५३७८ मतगणना सकिएको छ । जसमा १४५६१ मत सदर र ८१७ मत वदर भएको पनि निर्वाचन अधिकृत दिव्यराज घिमिरले जानकारी दिए ।
पछिल्लो मतपरिणाम अनुसार श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङ (गोमा)लाई १०८२ मतअन्तरले पछि पारेका छन् । साम्पाङको मत ५८९१ रहेको छ भने तामाङको मत ४८०९ मत रहेको छ ।
यसैगरि, नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराईको मत १२९१, नेकपा एमालेका टिकाराम लिम्बूको मत ९६४, नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र तामाङको मत ८९५, राप्रपाका उद्धव श्रेष्ठको मत ३७५ रहेको पनि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
भिडियो:



