धरान: वरिष्ठ गायक दीप श्रेष्ठको ७५ औं जन्मोत्सव मंगलबार साँझ धरानमा भव्यरुपमा मनाइएको छ । 

धरान संगीत प्रतिष्ठान र सिल्भर इन्टरटेनमेन्टको संयुक्त आयोजनामा गायक श्रेष्ठको जन्मोत्सव मनाइएको हो । धरान १० पुतलीलाइनमा रहेको लोटस कम्प्लेक्सस्थित धरान स्काई बारमा केक काट्नुका साथै सांगीतिक प्रस्तुतीसहित गायक श्रेष्ठको जन्मोत्सव मनाइएको हो । 

गायक श्रेष्ठ ७५ बर्षमा प्रवेश गरेका छन् भने सांगीतिक क्षेत्रमा सक्रिय भएको पनि ५० बर्ष पुरा भएको छ । उनको भन्थिन उनी मेरी.., म त दुर देखी आए.., मेरो आँखामा हरदिन..लगायत सर्वाधिक लोकप्रिय गीतहरुको थुप्रै छन् । युवादेखि वृद्धवृद्धाहरुले अझै पनि उनको कर्णप्रिय गीतहरु मन पराउछन् । उमेर ७५ बर्ष पुगेपनि गायक श्रेष्ठ अझै गायनमा सक्रिय छन् ।

गायक श्रेष्ठको जन्मोत्सव कार्यक्रममा धरानका मेयर हर्कराज राई (साम्पाङ) पनि पुगेका थिए । उनले शुभकामना दिदै गायक क्षेत्र नेपाली सांगीतिक क्षेत्रमो अग्लो हिमाल भएको बताए । गायक श्रेष्ठसँगको भेटमा आफुलाई जहिल्यै उर्जा मिल्ने गरेको पनि मेयर साम्पाङले बताए ।

भिडियो:

कार्यक्रममा गायक श्रेष्ठले जन्म दिनमा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए । साथै उनले २ वटा गीत पनि गाएका थिए । 

धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा २ का अध्यक्ष रमेश राईले नेपाली सांगीतिक क्षेत्रमा दीप श्रेष्ठको योगदानको चर्चा गर्दै जहिल्यै प्रेरणा मिल्ने गरेको बताए । प्रतिष्ठानले भवन बनाउन पहल गरिरहेको जानकारी पनि अध्यक्ष राईले दिए । 

वडाअध्यक्ष राईको आग्रहमा कार्यक्रममा मेयर साम्पाङले हाम्रो धर्ती हाम्रो आकाश..बोलको गीत पनि गाएका थिए भने धरान संगीत प्रतिष्ठानका कलाकारहरुले पनि गायक श्रेष्ठको गीत प्रस्तुत गरेका थिए । 

dip dai2

dip dai3

dip shrestha