धरान: श्रम सँस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बनमा परेपछि डा.मित्र परियारले सामाजिक सञ्जाल फेसबुकबाटै प्रतिक्रिया दिएका छन् । 

अरु जस्तो फेसबुकमा दोहोरी खेल्न मन नभएपनि अध्यक्ष हर्कराज राई (साम्पाङ) को फोनै नउठेको र निलम्बनको चिठी देखेपछि लेख्न बाध्य भएको परियारले बताएका छन् । उनले आफु लण्डनमा पढाउन छाडेर जातीय मुक्तिका लागि संघर्ष गर्न फर्केको तर धराने मेयरले बालिघर सिउने दमाई सम्झिएको टिप्पणी गरेका छन् । 

‘तपाईको भाषण डेढ घण्टा सुनिदिनुपर्ने ! मेरो भाषण चै दुई मिनेट नसुन्ने ?’ उनले भनेका छन्,‘कसैको रैति बन्न सकिन्छ ?’ परियारले पार्टी अध्यक्ष राईलाई सुझाव एटिट्युड ( व्यवहार, दृष्टिकोण) वदल्न सुझाव दिदै त्यसो भए फेरि साथमा हुनसक्ने बताएका छन् । उनले अंग्रेजीमा भनेका छन्, ‘चेञ्च योर एटिट्युड, सर एण्ड आइ मे बि विथ यु अगेन !’

mitra face