धरान: अंग्रेजी नयाँ बर्षको अवसरमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा तीन दिने १३ औं फुड फेस्टिवल हुने भएको छ । 

होटल एशोसिएशन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरेर पुष १६ देखी १८ गतेसम्म फुड फेस्टिवल गर्ने जानकारी दिएको हो । आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याएर स्थानीय कृषि, घरेलु उत्पादनको बजारीकण साथै होटल र होमस्टे व्यवसाय प्रबद्र्वन गर्ने मुख्य उद्देश्य रहेको एशोसिएशनका अध्यक्ष तुमराज लिम्बूले बताए । 

तीन दिने हुने फेष्टिबलमा राई, लिम्बु, मगर, गुरुङ याक्खा, तामाङ र नेवारी जातिका परम्परागत परिकारको स्टलहरु पनि रहनेछ । फेस्टिवलमा स्थानिय कृषि उत्पादनका साथै हस्तकलाका स्टलहरु पनि रहने उनले बताए । यस्तै, पर्यटकहरुले साहसिक खेल पर्यटनको प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, हाइकिङको पनि मज्जा लिन पाउने आयोजकले जनाएको छ । 

यसैगरि, सांस्कृतिक झाँकी प्रदर्शनी पनि हुनेछ भने हरेक साँझमा स्थानीय र राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहनेछ । फेस्टिवलमा राष्ट्रिय कलाकार मेलिना राई, दीपा लिम्बु, द पेराडाईज ब्याण्डको प्रस्तुति रहने अध्यक्ष लिम्बूले जानकारी दिए ।

फेष्टिबलमा करिब ५० देखि ६० हजार आन्तिरक र बाह्रय पर्यटकहरु आउने र २ करोड ५० लाख बराबर कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बुले बताए । “फेष्टिवलमा ६० हजार भन्दा बढि पर्यटक भित्र्याउने र मन्द भएको भेडेटारको व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौं,साथै २ करोड बढी कारोबार हुनेमा विश्वस्त छौं,” उनले भने ।

vedetar

पर्यटकहरुलाई भेडेटारमा सुरक्षित महशुस गराउन पर्यटक प्रहरी सहायता केन्द्र बजारमा राखिएको सागँुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । ”पर्यटकलाई स्वागत गर्न, सुरक्षित तरिकाले घुमेर जाने उद्देश्यका साथ भेडेटार चोकमा पर्यटक प्रहरी साहयता कक्ष गत बर्षदेखि पहल गरेर यो वर्ष राखिएको छ । साथै पर्यटकलाई आवश्यक सुचना दिने उद्धेश्यले सुचना केन्द्रको पनि स्थापना गरेका छौं,” उनले भने ।

कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षकोरुपमा घोषणा गरेको उल्लेख गर्दै उनले गाउँपालिकाले पनि पर्यटन प्रबद्र्धनमा लगानी गरिरहेको बताए । “पर्यटन प्रबद्र्धनका लागि नयाँ गन्तव्य खुवालुङबाट ध्वजे डाँडा लगभग ४५ किलोमिटर पदमार्गमा २ वर्षदेखि लगानी गर्दै आईरहेकाछौ र चाडै उद्धघाटनको तयारीमा छौ,” गाउँपालिका अध्यक्ष रुम्दालीले भने । 

होमस्टेलाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सिक्किमको होमस्टेसँग मितेरी साईनो लगाउने तयारी भईरहेको पनि उनले बताए । तमोर करिडोर नजिक कोसी किनारमा माझी होमस्टे, खुवालुङ ध्वजेडाडा पदमार्गको बिचमा राई समुदायको होमस्टेको अवधारणा पनि गाउँपालिकाले अगाडी बढाएको उनले बताए ।  

vedetar festiv

फुड फेष्टिबलको अवसर मै साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनीको पनि आयोजना गर्ने आयोजकले जनाएको छ । वडा १ देखि १० सम्मका कृषकहरुले उत्पादन गरेको कृषिजन्य बाली प्रर्दशनी स्टलमा राखिनेछ । उत्कृष्ट कृषकलाई प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने लाई नगद पुरस्कार र प्रमाणपत्र समापनमा वितरण गरिने आयोजक एशोसिएशनले जनाएको छ । 

भेडेटारमा आउने बाह्रय पर्यटकमा विशेष भारतिय पर्यटकहरु आउने भएको हुदा भारतिय मिडीयामा प्रचार प्रसार गर्ने उद्धेश्यले पत्रकार सम्मेलनमा केही भारतीय मिडियालाई पनि निमन्त्रणा गरिएको थियो । होटल एशोसिएसन भेडेटारको आयोजनामा हुने फेष्टिबलको सहआयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समुह रहेकाछन् । साँगुरिगढी गाउपालिका भेडेटार धनकुटाको सहयोगी भुमिकमा रहेको छ । प्रबद्र्धकमा नेपाल टुरिजम बोर्ड रहेको छ । 

भेडेटार र आसपासका मुख्य पर्यटकीय स्थलहरुमा स्काई वाक, पाथिभरा देवी मन्दिर, शँंखेश्वर मन्दिर, थाकल डाँडा, नाम्जे अवस्थित आत्माघर , सुर्योदय बौद्ध/जनजाति पार्क,  सिम्सुवा झरना, साँगुरीगढी, नाम्जे गाउँ होमस्टे ,ओख्रे भ्युटावर, ध्वजे डाँडा सुर्योदय भ्युटावर, अजंगको वरको रुख लाप्चेटार, थाउजन बिगबुद्ध छोटीमोरङ, जिपलाईन, रिडी नाम्जे ईको रिसोर्ट, कार्कीछाप झरना, खुवालुङ ध्वजे पदमार्ग, हेभेन डाँडा लगायत रहेका छन् । 

भिडियोः