धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ कप फुटबल प्रतियोगितामा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल, मोरङ विजयी भएको छ ।

प्रतियोगितामा बिहीबार सम्पन्न खेलमा निधी सेकेण्डरी स्कुल, विर्तामोड, झापालाई २-१ गोल अन्तरले पराजित गर्‍यो । बाल्मिकीको जितमा पहिलो हाफको एक मिनेटमै जर्सी नं। २ का साङ्केन्मा बान्तावा राईले गोल गरेका थिए । दोस्रो गोल जर्सी नं। ९ का मनिष दुलाल ५ मिनेटमा गरेका थिए ।

निधीको तर्फबाट दोस्रो हाफको ३८ औं मिनेटमा दोस्रो हाफमा जर्सी नं। १० का पुजन ढकालले ३८ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बाल्मिकीका जर्सी नं। २ का साङ्केन्मा बान्तावा राई घोषित भएका थिए । उनलाई प्रमुख अतिथि पुर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले पुरस्कर हस्तान्तरण गरेका थिए ।

खेल अवलोकन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र प्रसाद फुयाल, विद्यालयका विधिविज्ञान इकाईका धरानका, प्रनाउ सहकुल के।सी।, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुमार गौतम, नेपाल पुलिस स्कुल धरानका प्राचार्य मनिका सुब्बा राई, विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेश कुमार हायू, शिक्षक, प्रहरी कर्मचारी, अभावक, विद्यार्थीहरु पनि थिए ।

प्रतियोगितामा शुक्रबार पहिलो खेल दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मीकी एजेकेशन फाउण्डेसन झापाबीच दिउँसो १ बजे र दोस्रो खेल प्रभात सेकेण्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरानबीच दिउँसो २:३० बजे हुने आयोजकले जनाएको छ ।