धरान: श्रम सस्कृती पार्टीको उपाध्यक्षबाट निलम्बित डा।मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज शुक्रबार बिहान पार्टी संयोजक पुष्प कमल दाहाल ूप्रचण्डूले परियारलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । उक्त पार्टीमा परियारलाई केन्द्रिय सदस्य दिने बताइएको छ । 

परियारले श्रम सस्कृती पार्टी परित्याग गरेको पुष्टि गरेका छन् । हर्क साम्पाङले आफूलाई रुदै फोन गरेर झुकोस र सामाजिक संजालबाट माफी मागोस भन्ने चाहेको तर आफुले ६० लाख दलितहरुको शिर झुक्न नदिएको फेसबुक पोस्ट गर्दै बताएका छन्   उनले सान्सद पदसङ्ग आत्मसपर्ण नगरेको पनि बताएका छन् ।

पुष ५ गते बुटवलमा आयोजित सभामा प्रमुख अतिथि भन्दा अगाडी बोल्न नदिइएको र आफ्नो बोल्ने पालोमा पार्टी अध्यक्ष हर्क साम्पाङसङ्ग टीका लगाउन भिड भए पछि परियारले चर्को असन्तुष्टि जनाउदै आयोजकले गल्ती गरेको बताएका थिए । त्यसपछि उनलाई पार्टीले निलम्बन गरेको थियो ।