धरान: भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले आख्यानकार सरण राईलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्र गन्दर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०८२ को लागि राई र गन्दर्वलाई प्रदान गर्ने निर्णय गरेको हो । सम्मान राशि ताम्रपत्रसहित नगद १५ हजार रुपैया र प्रतिभा पुरस्कार राशी ३५ हजार रुपैया रहेको छ । उनीहरुलाई आगामी फागुनमा सम्मान र पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।
संस्थाले यस अघि साहित्यकारहरु पुर्ण प्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जिवि लुगुन,सैलेन्द्र साकार, मन्जुल, गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञान मणी नेपाल र श्याम तमोट हिरण्य भोजपुरेलाई सम्मान गरि सकेको छ ।
यसैगरी कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, विप्लक ढकाल, विमल गीरी, धावीका मीरा राई, कवि तथा समालोचक पुर्ण ईन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई र करुणालाई प्रतिभा पुरस्कर प्रदान गरी सकेको छ ।







