धरान: कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले धरानको सम्भावनालाई अघि बढाउन र चुनौतीहरुलाई समाधान गर्न सबै एकजुट भएर जानुपर्ने बताएका छन् । 

१२५ औं धरान स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै प्रदेश सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले एकतावद्ध भएर अघि बढ्न सके धरानमा धेरै सम्भावनाहरु भएको धारणा व्यक्त गरे । ‘यो बार्षिकोत्सवमा योजनाहरु सुनाउने होइन, तर पनि हामीले साझा प्रतिवद्धता व्यक्त गर्नुपरेको छ, धरानका जे सम्भावनाहरु छन्, त्यसलाई बोकेर अघि बढ्नुपर्छ,’ उनले भने,‘जे चुनौतीहरु छन्, ती समाधान गर्न पनि हामी साथमा साथ, हातमा हात मिलाएर अघि बढ्नुपर्छ । यो धरान डे, धरानको बार्षिकोत्सवले हामी सबैलाई त्यो प्रेरणा मिलोस् ।’ 

कोशी प्रदेशकै पुरानो एवं समुन्नत सहर धरान सबैको साझा प्रयत्नले अहिलेको अवस्थासम्म आइपुगेको पनि सांसद बस्नेतले बताए । पुराना नेता रुपचन्द्र बिष्टको भनाई स्मरण गर्दै सांसद बस्नेतले समाज राम्रो भएमा वा नराम्रो भएमा त्यसको जस र अपजस समाजका शक्तिशाली व्यक्तिहरुले लिनुपर्ने बताए । 

125 dharan day21

‘रुपचन्द्र बिष्टले एउटा कुरा भनेका थिए, समाजमा जो जति शक्तिशाली छ, समाज बिग्रे वा सप्रे त्यो त्यति नै जिम्मेवार छ,’ बस्नेतले भने,‘भन्नुको मतलव धरान जे जस्तो अवस्थमा छ, धरान राम्रो गतिमा अगाडि बढीरहेको छ भने त्यसको जस अपजस हामीले लिनुपर्छ । कुनै कमीकमजोरी भएको छ भने पनि यो पुस्ताले लिनुपर्छ, हामीले लिनुपर्छ । जिम्मेवारी व्यक्तिहरु यहाँ (स्टेज) बसेका छौं, त्यसैले जिम्मेवारी लिनुपर्छ ।’

धरानको धेरै सम्भावनाहरु भएको उल्लेख गर्दै सांसद बस्नेतले विभिन्न जातजाति भाषा, सँस्कृतिको संगमस्थल धरान भएको र त्यसलाई सम्पत्तिकोरुपमा प्रयोग गर्नुपर्ने पनि बताए । ‘चाहे पर्यापर्यटनको हिसाबले होस्, चाहे साँस्कृतिक पर्यटनको हिसाबले होस्, चाहे धार्मिक पर्यटनको हिसाबले होस्, चाहे शैक्षिक पर्यटन, चाहे स्वास्थ्यको हिसाबले होस्,’ उनले भने,‘विपी प्रतिष्ठान नेपालका सबै स्वास्थ्य प्रतिष्ठानहरुमध्येमा हरेक हिसाबले अब्बल छ । धरानमा भएका शैक्षिक संस्थाहरु नेपालमा अन्यत्र पढाई नहुने बिषयहरु यहाँ छन् ।’

भिडियो: