धरान: धरानमा दुई दिने चिभास रिगल इष्टर्न गल्फ टुर्नामेन्ट आयोजना हुने भएको छ । 

पार ७० को धरान गल्फ कोर्षमा जनवरी ३० र ३१ (माघ १६ र १७ ) मा गल्फ टुर्नामेन्ट हुन लागेको हो । यो प्रतियोगिता कोशी प्रदेश गल्फ संघ र चिभास रिगलबीचको साझेदारीमा आयोजना हुन लागेको हो । दुई दिने प्रतियोगितामा देशभरका ८० भन्दा बढी एमेच्योर गल्फरहरु सहभागी हुने अपेक्षा गरिएको छ ।  

चिभास रिगलले यसअघि काठमाण्डौंमा आयोजना हुने प्रिमियर गल्फ प्रतियोगितामा सहयोग गर्दै आइरहेको थियो । राजधानी बाहिर पनि गल्फ खेलको प्रर्वद्धन गर्न संघसँग सहकार्य गरेर प्रतियोगिता गर्न लागेको चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले बताए । 

‘गल्फ खेलसँग हाम्रो सम्बन्ध पुरानो छ, चिभास इष्टर्न गल्फ मार्फत पुर्वमा गल्फ खेलको विकासमा योगदान दिन चाहन्छौं,’ उनले भने । आयोजक कोशी प्रदेश गल्फ संघ रहने प्रतियोगिताको मुख्य प्रायोजक चिभास रिगल रहेको छ । धरान गल्फ संघ सहआयोजक रहनेछ । इटहरीस्थित होटल रमडा हस्पिटालिटी पाटर्नरकोरुपमा रहनेछ ।