धरान: धरानमा जारी २६ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड, काठमाण्डौं फाइनल प्रवेश गरेको छ । 

धरान रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा लालीगुँरास एशोसिएशन, पोखरालाई २–१ ले हराउदै पोखरा उपाधि नजिक पुगेको हो । तनावपुर्ण एवं प्रतिस्पर्धात्मक खेलमा लालीगुँरासका विलियम एलेक्स र प्रतापसिंह राईले गोल गर्दै टिमलाई फाइनल पुर्याए । पोखराका स्कन्दर सिद्धिकिले गरेको गोल जितको लागि पर्याप्त भएन । 

खेलमा गोलको खाता भने पोखराले खेलेको थियो । पहिलो अफको छैटौं मिनेटमा सिद्धिकिले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको प्लानिङ ब्वाइजले दोस्रो हाफमा लय समाउदै २ गोल गरेको थियो । दोस्रो हाफको १४ औं मिनेटमा विलियम एलेक्सले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै खेल बराबरी बनाएका थिए भने ४२ औं मिनेटमा प्रतापसिंह राईले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि प्रतापसिंह घोषित हुदै नगद १० हजार, मेडल पुरस्कार पाए । 

planning boys man of the match

पहिलो हाफको १९ औंं मिनेटमा खेल तनावपुर्ण बनेको थियो । मैदानमा दुवै टिमका खेलाडीहरु मात्र होइन, टिम अफिसियल पनि मैदान बाहिर झगडामा उत्रिएका थिए । रेफ्री मनिष अधिकारीले प्लानिङ ब्वाइजका पापा इबोउ केबे र पोखराका इस्कन्दर सिद्धिकीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाए भने पोखराका मेनेजर इश्वर बस्याललाई पनि रातो कार्ड दिएपछि प्लेयरबक्स छोड्न बाध्य भए । प्रतियोगितामा भोली (बिहिबार) दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापा ११ फुटबल क्लब र एपि चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । 

भिडियो: