धरान: धरानमा जारी २६ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । 

धरान रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई २–१ गोलअन्तरले हराउदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा झापाका राजेश दाहाल र एरोन थापाले गोल गरेका थिए । सातदोबाटोबाट बबिरोसले गरेको गोल सान्त्वनामा सिमित भयो । 

खेलमा पहिलो हाफको १७ औं मिनेटमा झापाका राजेश दाहालले गोल गरेका थिए । उनको यो प्रतियोगितामा दोस्रो गोल हो । दाहालले पहिलो खेलमा पनि रोयल थिम्पु फुटबल क्लबविरुद्ध पनि गोल गरेका थिए । दोस्रो हाफको १३ औं मिनेटमा सातदोबाटोका बबिरोसले गोल गर्दै खेल बराबरी बनाउदै रोमाञ्चक बनाए । 

budha subba

एरोन थापा (छोटे)ले दोस्रो हाफको ४४ औं मिनेटमा निर्णायक गोल गर्दै झापालाई सेमीफाइनलको यात्रा दिलाए । सेमीफाइनलमा झापाले गत बर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौंको सामना गर्नेछ ।

खेलको म्यान अफ दि म्याच पनि एरोन घोषित हुदै नगद १० हजार, मेडल हात पारे । उनलाई धरान समाज युकेका पुर्वअध्यक्ष राजु लिम्बु, गायक एकदेव लिम्बु र मिस पुर्वाञ्चल एन्जल राईले पुरस्कार वितरण गरेका थिए । भोली (बुधबार) लालीगुँरास एशोसिएन पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

भिडियो: