धरान: साविक बिजेता एनआरटि काठमाण्डौं २६ औं बुढासुब्बा गोल्डकपमा पराजित भएको छ ।
धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग २–० गोलअन्तरले एनआरटि स्तब्ध बन्यो । प्लानिङ ब्वाइजका केबेले पहिलो हाफको ४३ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ४१ औं मिनेटमा श्याम मुर्मुले दोस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमाल घोषित भए । उनले नगद १० हजार र मेडल हात पारे ।

एनआरटिको यो पराजयसँगै लगातार तेस्रो पटक र समग्रमा चौथो पटक बुढासुब्बा गोल्कडपमा च्याम्पियन बन्ने सपना तुहिएको छ । यसअघि एनआरटिले बुढासुब्बा गोल्डकपको १० औं, २४ औं र २५ औं सँस्करणमा पनि उपाधि जितेको थियो ।
जित हासिल गरेको प्लानिङ ब्वाईज युनाइटेड प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्लानिङ ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको टोली हो । प्रतियोगितामा भोली (आइतबार) गत बर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।
भिडियो:
भिडियो:







