धरान: बराह सहकारीका सञ्चालक, कर्मचारीहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न धरान उपमहानगरपालिकाले विभिन्न निकायहरु पत्र लेखेपछि बराह पीडितहरु खुशी भएका छन् । सोमबार दिउँसो सीमित संख्यामा उपमहानगरको आर्थिक विकास महाशाखामा पुगेका पीडितहरु आफुहरुको माग वमोजिम पत्र तयार हुदै गरेको जानकारी पाएर खुशी भई ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक, कर्मचारी र लगानी भएको विभिन्न ११ वटा प्रोजेक्टको बैंक खाता, स्थित सम्पत्ति रोक्का गर्न छानबिन समितिले सिफारिश गर्ने निर्णय गरेको छ । धरानका मेयर हर्क साम्पाङले गठन गरेको अधिकार सम्पन्न छानबिन समितिको आइतबार उपमहानगरपालिकामा बसेको पहिलो बैठकले यस्तो ...
धरान: शुक्रबार दिउँसो २ बजे नै धरान उपमहानगरपालिकामा सहरी विकास मन्त्री मेटमणी चौधरी आउने खबर पुगेको थियो । झापा हुदै धरान आएका मन्त्री चौधरी निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिला गरि आइपुगे । उनी उपमहानगरपालिका आउनुअघि धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र अवलोकन गरे भने धरान ८ स्थित ग् ...
धरान: गत स्थानीय तह निर्वाचनको बेला मेयर हर्क साम्पाङले सुशासन र पारदर्शिताको कुरा पनि प्रमुखताका साथ उठाएका थिए । मेयर भएपछि उनले आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लगेका छन् ।उनले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन आफ्नो चुनावी नारालाई कार्यान्वयनमा लगेका छन् । आज (शुक्रबार) उनले ...
धरान: मेयर हर्क साम्पाङको खानेपानी योजना र स्वच्छ धरानको अभियानमा देश, विदेशमा रहेका नगरबासीहरुले निरन्तर साथ, सहयोग गरिरहेका छन् ।आज पुनः धरान १२ की गंगादेवी सेरेङ लिम्बुले आफ्ना आफन्तहरुको नाममा सहयोग गरेका हुन् । उनले ससुरा स्वर्गीय विष्णुबहादुर आङ्बुहाङ, सासु स्वर्गीय मनमाया आङबुहाङ, श्रीमान् स् ...
धरान: आफ्नो स्वर्गीय बुबा–आमा पृथीबहादुर नेवाहाङ राई र जसमाया नेवाहाङ राईको स्मृतिमा छोरा–बुहारीले हङकङबाट खानेपानीको पाइप र फोहोर राख्ने डस्विन सहयोग गरेका छन् । मेयर हर्क साम्पाङको स्वच्छ धरान अभियान र खानेपानी आपूर्तिको अभियानको लागि धरान १८ (हाल हङकङमा) रहेका छोरा–बुहारी सविन नेवाहाङ राई र ...
धरान: बराह सहकारीबाट सेयर सदस्य तथा वचतकर्ताहरुले सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दे आइतबार धरान उपमहानगरपालिकामा घेराउ र नाराबाजी गरेका छन् ।सहकारी पीडित संघर्ष समितिको अगुवाईमा बिहान कार्यालय समयदेखि नै उपमहानगरपालिकामा भेला भएर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले बराह सहकारीका सञ्चा ...
धरान: मेयर हर्क साम्पाङ मेयर भएको २ महिना मात्र पुग्न लागेको छ । उनी मेयर भएदेखि नै एक पछि अर्को नयाँ नयाँ विकासका योजनाहरु अघि सारिरहेका छन् । धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उनको योजना जनश्रमदानबाट नै पुरा हुन लागेको छ । हरेक शनिबार वृहत वृक्षरोपण अभियानम ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निवार्चित भएका छ्न । आज भएको मतगणनाको परिणाम अनुसार उनले १२२५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रत्यासी शिवराज श्रेष्ठले ६३६ मत मात्र ल्याए भने अर्का अध्यक्षका प्रत्यासी पवन अग्रवालले ३३३ मत ल्याए । वस्तुगततर्फ नारायण लिम्बु र र ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको मतगणना शुरु भएको छ । सबैभन्दा थोरै मतदाता भएको वस्तुगत तर्फको मतगणनाको नतिजासमेत सार्वजनिक भइसकेको छ । वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बुले १० मत ल्याएर विजयी भइसकेका छन् । विजयी भएका लिम्बु अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित