धरानः पब्लिक हाइस्कुलमा बिहिबारदेखि औद्योगिक व्यापार तथा जुत्ता–चप्पल मेला भइरहेको छ । उक्त मेलामा दोस्रो दिन उपभोक्ताहरुको भीड लागेको छ ।

सुनसरी उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा पश्चिम नेपालबाट ल्याइएको भीर मौरीको मह चाख्न धरानका उपभोक्ताहरुको घुइचो छ । यस्तै, घरेलु लत्ताकपडा, खाद्यान्न, मरमसला खरीद गर्न पनि उपभोक्ताहरु आकर्षित छन् । दैनिक ग्याँस चुल्होमा प्रयोग गर्ने पाइप, भीर मौरीको मह, तेह्रथुम ढाका उद्योगका सामग्रीमा पनि उपभोक्ताहरु लोभिएका छन् ।

संघका प्रथम उपाध्यक्ष एवं मेला संयोजक शिवराज श्रेष्ठले दोस्रो दिन शुक्रबार अवलोकनकर्ताहरु बढेको जानकारी दिदै औद्योगिक प्रदर्शनीले उपभोक्तालाई फाइदा पुग्ने बताए । मेलामा जुत्ता चप्पल मेला पनि अलग्गै छ भने मनोरञ्जनको लागि वाल उद्यान पनि छ । यस्तै, हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना भइरहेको छ ।

जुत्ता–चप्पलमा १५ देखि ६० प्रतिशत छुट

p4

औद्योगिक मेलासँगै जुत्ता चप्पल मेला पनि भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ भने जुत्ताचप्पल मेला चैत ७ गतेसम्म हुनेछ । जुत्ता चप्पल मेलामा उपभोक्ताहरुलाई १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ । यो छुटले गर्दा उपभोक्ताहरुलाई आकर्षित छन् ।

मेलामा अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री राखिएका छन् । मेलामा राष्ट्रिय उद्योग व्यवसाय तथा बहुर्राष्ट्रिय कम्पनीहरू, हस्तकला उद्योगहरू, गार्मेन्ट छालाजन्य वस्तुहरू, बाल उद्यान तथा मौलिक नेपाली खाजाका परिकारहरू पनि राखिएको छ ।

3 p1 p5 p26 p3 p42 p35 p6 p14