धरान: कोरोना भाइरस(कोभिड १९)ले गर्दा धराने युवायुवतीहरुको यसपालीको होली उल्लासमय हुन सकेन । विगतमा जस्तो चोक चोकमा गीत, संगीतसहित होली कार्यक्रम यसपाली भएन । सरकारसँगै प्रहरी प्रशासनले सार्वजनिकरुपमा भिड हुने गरी होली नमनाउने आग्रह गरेको थियो । त्यसैले पनि धरानमा कतै ठुला सांगीतिक कार्यक्रमसहित होली भएन ।

सार्वजनिक स्थानमा धुमधामले होली मनाउन नपाएको छटपटी भने आज दिउँसो भानुचोकमा धराने युवाहरुमा प्रष्टै देखिन्थ्यो । थुप्रै युवायुवतीहरु आफ्ना साथीभाईसँग भानुचोकस्थित घण्टाघरको पेटीमा भेला भएका थिए । उनीहरुको अनुहार, जीउ रंगले रंगीन भएपनि विगतमा जस्तो उल्लास थिएन । एकआपसमा कुराकानी गर्ने र हल्का रंग दल्ने मात्र गर्थे । अघिल्लो बर्ष त्यही भानुचोकमा भव्य होली हंगमा भएको थियो । ‘रमाइलो त भयो, तर पहिला जस्तो छैन,’एक युवतीले भनिन् ।

holi-dharan2 holi-dharan-8 holi-dharan9 holi-dharan10 holi-dharan16 holi-dharan17 1 holi-dharan18 holi-dharan19 holi-dharan26 holi-dharan28 holi-dharan15