विराटनगरः प्रदेश एक सरकारले कोरोनाको सम्भावित जोखिमको सामना गर्न दश करोडको कोष स्थापना गरेको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले १० करोडको आपतकालिन स्वास्थ्य कोष खडा गर्ने निर्णय गरेको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुुवेदीले जानकारी दिए । उनका अनुसार मुुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्रीहरुले उक्त कोषमा एक एक महिनाको तलब जम्मा गरेका छन् ।

त्यसैगरी, मुख्यमन्त्रीको कार्यालयमा कोरोना इन्फरमेशन डेक्स स्थापना गरिएको छ । यसले सबै मन्त्रालयमा स्थापना गरिएको सुचना डेक्ससँग समन्वय गरि नागरिक तहमा भएका अप्ठ्यारालाई सहजिकरण गर्ने प्रयत्न गर्नेछ । सरकारको कोषमा जम्मा भएको रकमलाई कोरोनासँग सम्बन्धित आपतकालिन अवस्थामा मात्र खर्च गरिनेछ । त्यस्तै उक्त कोषमा नागरिक तहको सहयोगको पनि अपेक्षा गरिएको सुवेदीले जनकारी दिए ।