धरान: विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को महामारी रोक्नका लागि देशभर जारी लकडाउनले आज नवौं दिन पुगेको छ । महामारीबाट बच्न गरिएको लकडाउनले दैनिक ज्यालामा मजदुरी काम गरेर गुजारा गरिरहेका परिवारहरुलाई भने हातमुख जोड्नै समस्या भइरहेको छ ।

लकडाउनले समस्यामा परेका धरान ११ का ५० घरपरिवारलाई मंगलबार राष्ट्रिय युवा संघ सुनसरीले राहत वितरण गरेको छ । संघका केन्द्रिय सदस्य पुर्ण भुजेल चिन्तनको नेतृत्वमा सुनसरीले राहत वितरण गरेको हो । संघले धरानको वडा नं ११ स्थित मकालु वस्ति र यलम्वर हाङ चौक सोलिङ्गका ५० घर परिवारलाई राहत वितरण गरेको हो । प्रत्येक परिवारलाई राहत स्वरुप १० केजी चामल वितरण गरिएको संघका केन्द्रीय सदस्य चिन्तनले जानकारी दिए ।

IMG_9930.psd

कोरोना भाइरसको महामारिबाट वच्न देशभर लागु भइरहेको लकडाउनले समस्यामा परेकाहरुलाई सवै क्षेत्रवाट साथ र सहयोग गर्न संघले देशभरका युवाहरुलाई निर्देशन दिए वमोजिम राहत वितरण गरिएको जिल्ला अध्यक्ष भुवन याक्खाले बताए । उनका अनुसार समस्याग्रस्त परिवारको घरमा नै गएर राहत वितरण गरिएको थियो । उनका अनुुसार संघका सदस्यहरु विशाल राई, रिकेश विक, रमेश रपाल, भोला विक र श्याम भण्डारी राहत वितरण टिममा खटिएका थिए ।