धरान: छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना पोजेटिभ भेटिएपछि उच्च जोखिम भएको धरानमा नगरस्तरीय सुरक्षा संयन्त्रको बैठक शुरु भएको छ ।

धरान उपमहानगरपालिकामा केहीबेर अघि सुरक्षा बैठक शुरु भएको हो । बैठकमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहित तीन सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । बैठकमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, सशस्त्र प्रहरी बेसक्याम्प प्रमुख एवं डिएसपी राजेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाका अधिकृत पनि सहभागी छन् ।

surakxa-baithak

इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, सैनिक आवासिय महाविद्यालय फुस्रेका शैलेन्द्र सिलवाल र श्रीकृष्ण दल गण फुस्रेका गणपति रञ्जित केसी पनि सहभागी छन् । बैठकमा धरानको नाका सिल गर्ने, लकडाउनलाई थप कडाई गर्ने, खाद्यान्न तथा धरानभित्र उत्पादन भएको तरकारीको होम डेलिभरीलगायतलाई के गर्नेलगायत बिषयहरुमा छलफल हुने बताइएको छ ।