धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज स्वाबको पिसिआर परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको छ ।

प्रतिष्ठानका अनुसार आज ३० वटा स्वाबको नमुना परीक्षण भएको थियो । ती सबैको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार ती मध्ये १० वटा स्वाब नमुना तेह्रथुम जिल्लाबाट आएको थियो । ति सबैको रिपोर्ट नेगेटिभ नै आएको पनि डा.ऐरले जानकारी दिए ।

प्रतिष्ठानमा हालसम्म कुल २४९ वटा पिसिआर नमुना परीक्षण भएको छ । ती सबैको रिपोटै नेगेटिभ नै आएको छ । प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा हालसम्म ३२२ जनाको प्रारम्भिक जाँच गरिएको छ । ती मध्ये ३७ जनालाई क्वारेन्टाइनमा पठाइएको छ भने २६५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा ४ जना आइसोलेसन वार्डमा उपचाररत अवस्थामा छन् भने १८ जना डिस्चार्ज भएर गइसकेका छन् ।

lab-repot