धरान: भारतीय तरकारी ल्याउने गाडीमा लुकीछिपी व्यक्तिहरु पनि आउदा कोरोना संक्रमणको जोखिम बढेको आवाज उठेपछि धरान १३ स्थित कृषि बजार एक सातालाई बन्द भयो ।

कृषि बजार बन्द भएपछि तरकारी आयात हुन पाएन । भारतबाट आयात ठप्प भयो तर, अन्य ठाउँबाट रातारात केही व्यापारीहरुले तरकारी ल्याउन भने छोडेनन् । तरकारीको भाउ पनि महंगियो । उपभोक्ताले सहजरुपमा तरकारी पाउन सकेनन् । त्यसैले पुनः जनगुनासोलाई ध्यान दिदै एक अनुगमन समिति गठन गरियो, र आजदेखि कृषि बजार पुनः सञ्चालनमा आयो । वडा कार्यालयहरुले तोकेर सिफारिश गरेको व्यवसायीहरुले कृषि बजारबाट बिहान ९ बजेभित्र तरकारी किनेर लैजाने व्यवस्था गरिएको छ । यसको लागि वडालाई ३ समुहमा विभाजन गरेर व्यापारीहरुलाई तरकारी किन्ने समय तालिका बनाइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्राईले बताए ।

आज बिहान ५५ टन तरकारी कृषि बजारमा आएको थियो भने करिब ३० मेट्रिक टन वडाहरुमा गएको कृषि बजारले जनाएको छ । भोली पनि तरकारी आयात हुने र पर्याप्त हुने भएकोले मुल्य धेरै कम हुने भट्टराईले जानकारी दिए । त्यसैले किसान, उपभोक्ता कसैलाई पनि नआत्तिन र धेरै स्टक नराख्न पनि उनले आग्रह गरेका छन् । ‘तरकारी पर्याप्त छ, फालाफाल हुने अवस्था छ । त्यसैले किसानलाई र उपभोक्तालाई पनि नआत्तिन आग्रह गछौं,’उनले भने ।krisi-bajar2 krisi-bajar4 krisi-bajar3 krisi-bajar7 krisi-bajar6 krisi-bajar8 krisis-bajar5 krisi-bajar9