विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् ।
दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । बजेट अधिवेशन सुरु भएपनि प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट एकएक जनाले शुुभकामना दिने र त्यसपछि अर्थमन्त्री आङबोले प्रि-बजेट छलफलका लागि सरकारको बजेट तयारीको वक्तव्य दिने कार्यसुची रहेको सभामुख प्रदिप कुमार भण्डारीले जानकारी दिएका छन् ।
अर्थमन्त्रीले बजेटकाे सैद्दान्तिक पक्ष र प्राथमकितामाथि बाेलिसकेपछि १५ र १६ गते सांसदहरूले साे प्रि बजेट माथि अाफ्नाे धारणा राख्नेछन् । साेहि अनुसार सरकारले बजेटकाे नीति तथा कार्यक्रम तयारी गर्नेछ ।
हिउँदे अधिवशेनमा एउटामा विधेयक पास भएको छ । संसदका विभिन्न समितिमा छलफलका लागि गएका र पास हुुन बाँकि विधेयकलाई के कसरी अघि बढाउने भन्ने बारे छलफल चलिरहेको सभामुख भण्डारीले जानकारी दिएका छन् । विधेयक पास हुन तयारी रहेकै अवस्थामा बैशाख ३ गते कोरोना सँक्रमणको भयले हिउँदे अधिवेशन सुचना टाँस गरेर स्थगित गरिएको थियो ।
भण्डारीले सरकार सँचालनका लागि अतिआवश्यकीय कानुन पास गर्नुुपर्ने भए मात्र सरकारलाई ल्याउन आग्रह गरेको र अनावश्यक कानुन ल्याएर संसद लम्ब्याउन नहुने पक्षमा आफु रहेको बताए । उनकाअनुसार यो वर्खे अधिवेशनको मुुख्य काम संसदबाट बजेट पास गरि सरकारलाई आफ्ना कार्यक्रम सहज संचालनका लागि बैधता दिनु हो भने केहि अत्तिआवश्यकीय कानुन पास गराउनु मात्र हो ।