धरान: धरान १५ स्थित खोरिया वस्तीमा अन्तराष्ट्रियस्तरको स्टेडियम मैदान निर्माण हुने भएको छ ।

भक्तराज कन्दङ्वा स्मृति क्रिकेट स्टेडियम नामाकरण भएको मैदानमा अहिले निर्माण कार्य भइरहेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट टेण्डर आह्वान गरेर अहिले निर्माण कार्य थालिएको हो । मैदानमा अहिले ड्रेन निर्माण, फेन्सिङ, माटो कटिङ लगायतको काम भइरहेको छ । एक करोड बजेटमध्ये आर.टि.निर्माण सेवा धरानले करिब ७७ लाखमा ठेक्का पाएर निर्माण कार्य गरिरहेको छ ।

क्रिकेट मैदान संरक्षण समितिका संयोजक एवं नेकपा नेता अइन्द्रबिक्रम बेघाका अनुसार मैदानको डिपिआर पनि निर्माणको चरणमा छ । अहिले बनेका संरचनाहरुमा आधारित भएर नै डिपिआर तयार हुने उनले बताए । ‘अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको परिकल्पना गरिएको हो । त्यही अनुसार जमिन व्यवस्थापन र पुर्वाधार निर्माणको काम भइरहेको छ,’बेघाले भने,‘डिपिआर पनि बन्दैछ । त्यो अहिले बनेको संरचनामा आधारित नै हुन्छ ।’

cricrt

बेघाका अनुसार क्रिकेट मैदान निर्माणको पहल एक दशक अघिदेखि भएको हो । यो बीचमा विभिन्न निकायबाट बजेट ल्याएर लगानी भएको पनि उनले खुलाए । ‘सबैभन्दा पहिला अर्थमन्त्रालयबाट १ लाख ल्याएर निर्माण शुरु गरेका थियौं । त्यसपछि, सभासद किरणकुमार राई, कृष्णकुमार राई, नगर सरकारबाट पनि ८ लाख लगानी भयो,’बेघाले भने,‘प्रदेश सरकारबाट ५० लाख बजेट लगायौं । अहिले १ करोड प्रदेश सरकारबाट आएको छ । टेण्डर प्रक्रियाबाट काम हुदैछ ।’

aendra-begha

क्रिकेट मैदानको गोलाकार १४३.५ मिटरको गोलाई छ । सेन्टरबाट ७१.५ छ । मैदानको पानीलाई निकास दिन ड्रेन निर्माण भइरुहेको छ । यसको चौडाई ९१ इञ्चको हुनेछ । त्यसमाथि ६ फुट उचाईको घेराबारा(फेन्सिङ) गरिनेछ भने टेण्डर गर्दा बचेको १ करोडको बाँकी बजेटलाई बीचको मैदान क्लियर गर्ने, लेभलिङ गर्ने तथा उत्तरपटि तारबार लगाउने पहल भइरहेको पनि बेघाले बताए । ‘यो ठुलो परियोजना हो, बहुबर्षीय योजनामा लगाएर सम्पन्न गर्ने सोचमा छौं । यो बर्षदेखि खेल गराउने र संरक्षण गर्ने अवस्थामा पुग्छौं,’उनले भने ।

cricket2

निर्माण कम्पनीको प्राविधिक आशिष कटवालका अनुसार असार मसान्तसम्म ठेक्का वमोजिमको काम सम्पन्न हुनेछ । धरान उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशालाअनुसारको डिजाइन तयार गरिएको छ । अहिले निर्माण भइरहेको संरचनाहरु पछि डिपिआर बनेपछि पनि भत्काउन नपर्ने गरि काम भइरहेको हो ।