धरान: बैशाख १ गतेदेखि सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई मनोरञ्जन दिलाउन हिजो शुक्रबार दोस्रो पटक सांगीतिक कार्यक्रम आयोजना भयो ।

धरान संगीत प्रतिष्ठानले गत साताको शुक्रबार पनि सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । सांगीतिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पनि उपस्थिति रहेको थियो । उनले रोग लाग्न नदिनकै लागि सडकबाट उद्दार गरेर लांघालीको आवास गृहमा राखिएको बताए । यसरी व्यवस्थितरुपमा ल्याएर राख्दा संक्रमणबाट जोगिएको र अरुले गर्ने अपहेलनाबाट पनि मुक्ति पाएको मेयर राईले बताए । उनले घर परिवार नभएकाहरुलाई आश्रयस्थल आवश्यक भएकोले उपमहानगरपालिकाले व्यवस्था गर्ने पनि बताए ।

IMG_0907.psd

‘धरानबाट बाहिर आएकालाई यहाँ राख्दैनौं, धरानभित्रकै मात्र राख्छौं । आफुखुशी खानुहुन्थ्यो, सुत्नुहुन्थ्यो । त्यो जिन्दगी बाँच्नु ठिक होइन, समाजले राम्रो मान्दैनथ्यो,’मेयर राईले भने,‘तर यो बसाई कहिलेसम्म ? तपाईहरुले साथ दिनुभएसम्म राख्छौं । नगरपालिकाले अर्को ठाउँमा व्यवस्था गर्छ । जबसम्म बस्न चाहनुहुन्छ, राख्छौं । लांघालीले साथ दिएसम्म राख्छौं । यस्तो आश्रयस्थल बनाउन आवश्यक छ । जसको कोही छैन, उनीहरुलाई आश्रय चाहिएको हुनसक्छ, उनीहरुलाई हामी राख्छौं, हाम्रो कर्तव्य हो ।’ विकास निर्माणको बजेट कटौती गरेर यहाँ खर्च गरेको भन्दै मेयर राईले जथाभावी नगरी समन्वय गर्न पनि आग्रह गरे ।

आवास गृहमा हाल ७१ जना छन् । शुरुवाती समयमा रहेका केही व्यक्तिहरु परिवारमा पुर्नस्थापना पनि भएका छन् । आवास गृहमा रहेकाहरुलाई व्यस्त बनाउन सडक मानव व्यवस्थापन समितिकी सचिव जुनु राईले योगा, चलचित्र, खेलकुद, चित्र बनाउने क्रियाकलापहरु गर्दै आएको जानकारी दिइन् । हिजो संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठसहित सुदीप उप्रेती, विकास सुब्बा, कुमार कालीकोटे, धिरज श्रेष्ठ, हेम लिम्बु, कृष्णराज श्रेष्ठ, अनिल क्षेत्री, प्रिया लामाले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।
                                                     IMG_0928.psd IMG_0913.psd IMG_0904.psd IMG_0888.psd IMG_0877.psd IMG_0869.psd IMG_0857.psd IMG_0836.psd IMG_0843.psd IMG_0870.psd IMG_0855.psd IMG_0841.psd IMG_0837.psd IMG_0868.psd