धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । खाद्य वस्तुको बिक्रीवितरण सहज गर्न खुला गरिएको उनले बताए ।