धरान: सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ ।
हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले विहान ८ बजेदेखि १ बजेसम्म एउटा सिफ्टमा र १ बजेदेखि बेलुका ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालयहरु सञ्चालन हुनेछ ।
‘कार्यस्थलमा भौतिक दुरी २ मिटर भनेका छौं । कार्यलयमा सम्भव नभएको हुनाले २ सिफट गरिएको हो । कार्यालयहरु पुर्णरुपमा सञ्चालन हुन्छन् । भिडभाड हुदैनन्,’मन्त्री खतिवडाले भने ।
भीड नहुने गरी हिडडुल गर्न पाइने
सरकारले व्यक्तिहरुलाई पैदल आवागमन गर्न खुला गरेको छ । मन्त्रीपरिषद बैठकले भिडभाड नहुने गरी पैदल हिडडुल गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । ‘माक्स लगाउने,भिडभाड नगर्ने र सुरक्षाको उपाय अपनाउने छदैछ । पैदल आवागमन गर्न खुला गरिएको छ,’उनले भने ।